ghar sansar

कञ्चनपुर ३ मा जितलाई ह्याटिक बनाउने काँग्रेस नेता लेखकको दाउ

अध्यक्ष ओलीले नै जित्ने भनेको भन्दै लेखकका आफन्तले सहयोगका लागि गर्न थाले आग्रह

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रमेश लेखकका लागि पार्टीका नेता कार्यकर्ता र आफन्तले प्रतिनिधि सभा सदस्यमा मत माग्न थालेका छन् ।

सत्तारुढ गठबन्धनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ काँग्रेसको भाग परेपछि नेता लेखकका लागि नेता कार्यकर्ताले सामाजिक सञ्जाल (फेसबुक) र आफन्तले व्यक्तिगत रुपमा मत माग्न थालेका हुन् । कञ्चनपुर ३ मा काँग्रेसबाट लेखक र प्रेम विष्ट उम्मेदवारका लागि सिफारिश गरिएका छन् ।

lotus institite

लेखक अघिल्लो निर्वाचनमा लेखक नेकपा एमालेका निवर्तमान साँदस डा. दिपक प्रसाद भट्टसित पराजित भएका थिए । निवर्तमान साँसद भट्ट र निरुदवी पाल एमालेबाट उम्मेदवारका लागि सिफारिश गरिएका छन् ।

अघिल्लो निर्वाचनमा पराजित लेखक त्यस अघि २०७० र २०५६ को आम निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका हुन् । २०६४ को संविधान सभा सदस्य निर्वाचनमा समानुपातिक लडेका उनी आगामी निर्वाचनबाट अघिल्लो हारलाई फर्काउने प्रयासमा छन् ।

काँग्रेस नेता कार्यकर्ताले पूर्व मन्त्री लेखकलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत दिएर विजयी गराउन अपिल गरेका छन् । काँग्रेस नेता गोपाल सिह गुरुङ्गले बुधबार फेसबुकमा लेखक प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएको भन्दै कबड्डी हल आएर खेलाडीका पीडा बुझ्न सार्वजनिक रुपमा आव्हान गरेका छन् ।

लेखकका आफन्तले उनलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत दिएर सहयोग गर्न आफन्तसित भेटघाट र टेलिफोन कुराकानी थालेका छन् । उनीहरुले अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. भट्टलाई मत दिएका नातेदार र आफन्तलाई प्राथमिकता दिएका छन् ।

काँग्रेसका पूर्व मन्त्री लेखकको परिवारको निवर्तमान साँसद भट्टको मावली हो । त्यस कारण दाई भाई नाता पर्ने भट्ट र लेखक अघिल्लो चुनाव लडेपछि उनीहरुका आफन्त बाँडिएका थिए । अहिले लेखकका आफन्त अघिल्लो निर्वाचनमा साँसद भट्टले पाएका सबै मत तान्ने गरी आन्तरिक प्रचारमा लागेका छन् ।

daimond public

एमालेबाट डा. भट्टले टिकट पाउने निश्चित नभएपछि लेखकका आफन्त सहयोगका लागि आग्रह गर्न थालेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसम्म पहुँचका कारण एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले टिकट पाउने भन्दै आन्तरिक चुनाव प्रचारप्रसार थालि सकेका छन् ।

काँग्रेसका पूर्व मन्त्री लेखकका आफन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले नै लेखकलाई यस पटक चुनाव जित्ने भनेको उल्लेख गर्दै सहयोगका आग्रह गरेका छन् ।

‘यस पटक दिपकले टिकट पाउँदैन, तपाई चुनाव जित्नु हुन्छ’ अध्यक्ष ओलीले लेखकलाई भनेको कुरा उद्धृत गर्दै उनका आफन्तले भने,‘दिपकले टिकट नपाएपछि ती मत आउने पनि हामीतिर नै हो, त्यसैले अहिलेदेखि सहयोग गरि रहेका छौ ।’

आफन्तहरुका अनुसार एमाले अध्यक्ष ओली र काँग्रेसका केन्द्रीय सदस्य लेखकबीच एक घण्टासम्म टेलिफोन कुराकानी भएको छ । अध्यक्ष ओलीसित कुराकानीपछि उनका आफन्तले निर्वाचनमा सहयोगका लागि आग्रह गर्न थालेका छन् ।

एमालेबाट डा. भट्टले टिकट नपाउने भएपछि पूर्व मन्त्री लेखक पनि कञ्चनपुर ३ मा प्रदेशका दुबै क्षेत्र सत्तारुढ गठबन्धनका अन्य दिने मनस्थितिमा पुगेका छन् ।

काँग्रेसका केही नेता कार्यकर्ता भने दुबै क्षेत्र छाड्दा अप्ठेरो हुन सक्ने भएकाले ३ ख लिन लेखकलाई दबाव दिइ रहेका छन् । एमालेबाट साँसद भट्ट उम्मेदवार नभएपछि बैतडी र दार्चुलाका अधिकाँश मतदाताको साथ पाउनेमा लेखक भने ढुक्क भएका छन् ।

कञ्चनपुर ३ मा बैतडी र दार्चुलाका सबैभन्दा बढी मतदाता छन् । २०७४ बाहेक अन्य सबै निर्वाचनमा उनले यी मतदाताको साथ पाएर फराकिलो मत अन्तरले चुनाव जितेका छन् ।

२०५६ को आम निर्वाचन र २०७० को दोस्रो संविधान सभा निर्वाचन जितेका उनी यस पटक जितलाई ह्याट्रिक बनाउने दाउमा छन् । बहुदल स्थापनापछि उनी २०५१ को मध्यावधि निर्वाचनपछि चुनावी मैदानमा आउन थालेका हुन् ।

काँग्रेसले २०५१ मा लेखकलाई टिकट नदिई एनपी साउँदलाई उम्मेदवार बनाएको थियो । साँउद काँग्रेसका बागी मान बहादुर सुनार भन्दा बढी पछि परेका थिए । त्यसपछि उनी यो निर्वाचन क्षेत्र छाडेर अन्य क्षेत्रबाट चुनाव लड््दै आएका छन् । लेखक भने त्यसपछि यस क्षेत्रमा बलियो पकड राख्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...