ghar sansar

दलित समुदायका नेतालाई अगुवाले भने –दलभित्र दास भएर बस्न भन्दा विद्रोह गरी आउनु होस, हामी सबै साथ दिन्छौ

little buddha academy
khasi

महेन्द्रनगर । दलित समुदायका अगुवाले राजनीतिक दलमा आवद्ध नेताहरुलाई पार्टीमा दास भएर बस्न भन्दा विद्रोह गरी बाहिर निस्कन सुझाव दिएका छन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा उनीहरुले राजनीतिक दलमा दलित समुदायलाई उपेक्षित गरिएको गुनासो गरे ।

‘अहिले पनि टिकट हेर्ने हो भने दलित समुदायका कोही पनि चुनाव लड्न सिफारिश हुँदैनन्, वर्षौदेखि दलमा लागेका छन्, कोही भए समानुपातिक त्यो पनि मुस्किल छ’ अधिकारकर्मी शर्मिला बागचन्दले भनिन्,‘यसरी दलभित्र दास भएर वस्न भन्दा त्यहाँबाट बाहिर आएर चुनाव लड्ने हिम्मत गर्नु होस, हामी सबै सहयोग गर्न तयार छौ ।’

,orning glory badhai

उनले आदिवासी जनजाति समुदायजस्तै एक ढिक्का भएर दलित समुदायले आफ्नो हक अधिकारका लागि एकजुट हुनु पर्नेमा जोड दिइन् ।

अधिकारकर्मी राजु राम सार्कीले आफूले पार्टीबाट टिकट नपाएपछि स्थानीय तह निर्वाचनमा स्वतन्त्र भएर चुनाव लडेको उल्लेख गर्दै दलित समुदायलाई पार्टीभित्र सहज नभएको बताए । ‘पार्टीले टिकट दिएन चुनाव लडे, अहिले पनि मलाई चुनाव लड्न विभिन्न पार्टीले भनि रहेका छन्’ उनले भने,‘योग्य भएर पनि टिकटसम्म दिदैँन भने त्यहाँ बस्नको कुनै अर्थ पनि छैन ।’

dirghayi clinic

कार्यक्रममा नेपाल नेकपा माओवादी केन्द्रका नेता गणेश विक, बिरेन्द्र बिसी, नेपाली काँग्रेसका गणेश नेपाली, राजेन्द्र चुनारा, एमालेका तारा रैकाल, बुद्धिजीवि हिक्मत दमाई, बीर बहादुर नेपाली, पवन नेपाली, अमिर तिरुवा लगायतका दलित समुदायका जनप्रतिनिधि, अधिकारकर्मी सहभागी भएका छन् । कार्यक्रममा ऋषि पञ्चमीका दिन महाकाली नदीमा विभेद परेका सन्जु नेपालीको घट्नालाई साम्य पार्न चौतर्फी दबाव दिइएको सहभागीहरुको गुनासो थियो ।

कार्यक्रमम माओवादी नेता विकले नाम नलिई दलित समुदायका केही अगुवा नेपालीमाथि भएको घट्ना मिलाउन सक्रिय रुपमा लागेको दुःख व्यक्त गरे ।

गैर सरकारी संस्था एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले सामाजिक सद्भाव बिग्रिने भएकाले घट्ना मिलाउन आग्रह गरेका थिए । त्यसपछि नेपालीलाई न्यायका लागि सडकमा आएका अन्यले जैरुको आलोचना गरेका थिए । नेता विकले दलित समुदायले अधिकार प्राप्तिका लागि पार्टीभित्र संघर्ष गर्नु पर्नेमा जोड दिए ।

‘पार्टी छाडेर बाहिर निस्कने कुरा त्यति राम्रो हुँदैन, हो हक अधिकारका लागि पुर्खाले विद्रोह र युद्ध गरेका छन्’ उनले भने,‘अहिले संविधानमा अधिकार पाइ सकेकाले त्यहाँभित्र बसेर अधिकारका लागि संघर्ष गर्नु आवश्यक छ ।’

मुक्त हलिया समाजका अध्यक्ष शिवि लुहारले दलित समुदायका हक अधिकार सुनिश्चितका लागि विभिन्न क्षेत्रका अगुवासित छलफल गरिएको बताए । ‘यसबाट हक अधिकार सुनिश्चिताका लागि राज्यलाई दबाव पुग्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...