ghar sansar

बैजनाथ माविमा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासित छलफल

महेन्द्रनगर । बैजनाथ माध्यामिक विद्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासित छलफल गरेको छ । दशैं तिहारको अवसरमा शुभ कामना आदानप्रदानसंगै शैक्षिक गुणस्तर सुधारका लागि कार्यक्रम गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युजराज कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, बुद्धिजीवि सहभागी भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका पमुख दुर्गादत्त बोहराले सामुदायिक विद्यालयको सुुधारका लागि तीनै सरकार, विद्यालय, अभिभावक जागरुक हुनुपर्नेमा जोडदिए । 

कार्यक्रममा बैजनाथ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक हरिराज विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धिका लागि कार्यपत्र प्रस्तुत गर्दै राज्यले बनाएका ऐन, नियम व्यवहारिक कार्यान्वयन नआएको बताए । ‘राज्यले सामुदायिक विद्यालयको सुधारका लागि बनाएका विषयबस्तु एकातिर छन, ‘प्रअ विष्टले भने, ‘हाम्रो पढाई अर्कातिर छ ।’ प्रअ विष्टले जिल्लाकै अभिभावक विद्यालय भएकाले विद्यालयबाट शैक्षिक सुधारका लागि प्रयास गरिएको बताए ।

 माविमा साधारण र प्राविधिक धारका कक्षा संचालन भईरहेका छन । हाल बाली, पशु विज्ञान र डिप्लोमा ईन ईन्जिनियरियङ्ग गरी ४सय ८३ विद्यार्थी अध्ययनरत छन । प्रअ विष्टले माध्यामिक स्तरको शिक्षा स्थानीय तहमा आईसकेपनि स्थानीय तहबाट सामुदायिक विद्यालयको आवश्यकता अनुरुप सुधार गर्न नसकेको चिन्ता व्यक्त गरेका छन ।

कार्यक्रमका अतिथि भीमदत्त नगरका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले राज्यबाट प्रदान गरिएका शिक्षा सुधारका लागि आएका योजना कार्यान्वयनमा जोडदिए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपकराज कलौनीले सामुदायिक विद्यालय सुधार आवश्यक रहेको औल्याए । बिशिष्ठ अथिति भीमदत्त नगरका उपप्रमुख निलम लेखक(जोशी)ले नगरका सबै सामुदायिक विद्यालय सुधारका लागि पालिकाबाट आवश्यक योजना ल्याउने बताईन् ।

Himal dental
सम्बन्धित
Loading...