ghar sansar

एमालेको सुदूरपश्चिम नेतृत्व आफूलाई खोज्दै बालकोट पुगेपछि काठमाडौं फर्किए रावल, भन्छन्– आत्मआलोचना गर्ने कुरै छैन्, चुनाव लड्न भने तयार नै छु

khasi

महेन्द्रनगर । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्टघन गरेको संसद् पुनःस्थापनाका लागि आफूहरुले गरेका क्रियाकलापमा कुनै पनि खालको आत्मालोचना नगर्ने बताएका छन् । उनले अहिले चुनावका बेला त्यति बेलाका सबै कुरामा समीक्षा गर्ने समय नभएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले आफूलाई हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरेर हस्ताक्षर गर्ने, अदालत जाने १० जनाले उम्मेदवार हुने हो भने आत्मालोचना गर्नुपर्छ भन्ने धारणा राखेको चर्चा भइरहेको बेला नेता रावलले आफूले आत्मालोचना नगर्ने बताएका हुन् ।

dirghayi clinic

‘मैले धेरै टेलिभिजनसँगको अन्तर्वार्तामा पनि आत्मालोचना गर्ने कुरै छैन भनेको छु उहाँले दोहोर्याउँदै भन्नुभयो अहिले पनि म त्यही कुरामा अडिग छु’ उनले भने ।

अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल नाम सिफारिस भएका डा. रावलले पार्टीले उम्मेदवार बनाए उम्मेदवार हुने बताए । अछाममा चुनाव लड्नु हुन्छ त भन्ने प्रश्नमा उनले भने, म चुनाव लड्न तयार छु यो कुरा धेरै ठाउँमा भनिसकेको छु तर हाम्रा नेताहरुका कुरा सुन्नु भएकै छ, हेर्दै जाउँ के गर्न ुहुन्छ ।

नेता रावल आफ्नो एकल नाम सिफारिस भएपछि अछाम पुगेर एक साता लामो बसाइपछि आज काठमाडौं फर्किएका छन् । उनले अछाममा एमाले कार्यकर्तासँग भेटघाट र छलफल पनि गरेका थिए ।

नेता रावल लगत निर्वाचनमा समेत अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । २०४८ र ०५६ सालमा सो क्षेत्रमा पराजित रावल ०५१, ०७० र ०७४ को चुनावमा विजयी भएका थिए । उनी २०६४ मा संविधान सभाको समानुपातिकतर्फ सभासद भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...