घाटामा छौ भन्दै श्वेतपत्र जारी गर्ने भीमदत्तसित कहाँबाट आयो रेडक्रसलाई बढाएर दिनु पर्ने सहयोग रकम

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले बढाएर नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा सञ्चालनका लागि सहयोग गरेको छ । अघिल्लो कार्यकालसम्म चार लाखसम्म दिइएको सहयोगलाई यस वर्ष पाँच लाखमा पुगाइएको हो । भीमदत्त नगरपालिकाको अघिल्लो कार्यकालमा तीन लाख रकमबाट सहयोग रकम दिन सुरु गरिएको थियो ।

भीमदत्तको नगर सभाबाट चालु आर्थिक वर्षका लागि ५ लाख बजेट छुट्याइएको थियो । नगर सभा अघि भने मेयर बोगटीले नगरपालिका घाटामा गएको भन्दै श्वेतपत्र जारी गरेका थिए ।

janjyoti campus

नगरपालिकालाई घाटामा देखाएर श्वेतपत्र जारी गरेका उनले त्यसपछि नगर सभाबाट भने रेडक्रसलाई दिने सहयोग रकम बढाएर पाँच लाख पुगाएका हुन् । अहिले त्यहीं रकम रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।

‘श्वेतपत्रमा घाटा हुने गरी उल्लेख गरिएको थियो, सहयोग रकम बढाउने निर्णय गर्नु हुँदैन थियो, घाटामा जाँदा कसरी सहयोग रकम बढाउन सकिन्छ’ भीमदत्तका एक जनप्रतिनिधिले भने,‘यो त सरासर अघिल्लो कार्यकालका जनप्रतिनिधिलाई दोषी देखाएर मनपरी गर्ने शैली जस्तो पो देखियो, नत्र त्यो सहयोग बढाउनु त नपर्ने भयो ।’

यस पटक सभापति उप्रेतीले सहयोग रकम लिन रेडक्रसका कर्मचारीलाई पठाएका छन् । यस अघि उनी आफैं पदाधिकारी सहित नगरपालिका आएर सहयोग रकमको चेक लिदैं आएका थिए ।

भीमदत्त नगरपालिका उप मेयर निलम लेखक जोशीले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका कार्यालय प्रमुख मनोज उप्रेतीलाई ५ लाखको चेक हस्तान्तरण गरेकी छन् ।

कार्यक्रममा उप मेयर जोशीले जनतालाई रगत अभाव भएका बेला शीघ्र उपलब्ध गराउन समेत आग्रह गरेकी छिन् । रेडक्रस सोसाईटी जिल्ला कञ्चनपुर शाखा प्रमुख मनोज उप्रेतीले गत बर्ष ४लाख र यस बर्ष ५लाख पाईएको बताए ।

ghar sansar
सम्बन्धित
Loading...