ghar sansar

बेलौरीमा सिद्धनाथ एकेडेमीका प्रिन्सिपल शाहको नेतृत्वमा थालियो मेरो नगर, म सफा गर्छु नारा सहित नगर सफाई अभियान, आइतबार वसपार्क क्षेत्रमा सरसफाई

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका बासिन्दा सिद्धबाबा एकेडेमीका प्रिन्सिपल खडक शाहको नेतृत्वमा सुरु गरिएको नगर सरसफाई अभियानको सातौ दिन आइतबार बेलौरी वसपार्कमा सरसफाई गरिएको छ । ‘मेरो नगर, म सफा गर्छु’ भन्ने नाराका साथ आज सातौ हप्ताको सरसफाई बेलौरी बसपार्क वरीपरी सरसफाई गरिएको छ ।

बर्षौदेखि दुर्गन्धित अवस्थामा रहेको बेलौरी बसपार्कको आज स्थानिय हरुले सरसफाई गरेका हुन् । बेलौरी बसपार्कमा रहेको सार्वजनिक शौचालयको स्याफ्टी टंकीको पनि स्थानियहरुले आफ्नै लगानिमा सफा गरेका छन् । स्थानिय बसपार्कको शौचालयको स्याफ्टी टंकी भरिएर वरीपरि दुर्गन्धित भएको थियो ।

Anant bahu travels

बेलौरी नगरलाई सफा, सुन्दर राख्नका लागि सबै नगरबासीको सकारात्मक भूमिका आवश्यक पर्ने सरसफाई अभियानका अर्का अभियन्ता मेवाराम चौधरीले बताए । अभियानका क्रममा सडक क्षेत्रका खाल्टा खुल्टी समेत पुर्ने अभियानका प्रमुख अभियन्ता खडक शाहको भनाई छ ।

dirghayi clinic

नगरपालिका क्षेत्रभित्रको सरसफाई, वातावरणको दिगो व्यवस्थापनमा नेतृत्वदायी भूमिकामा देखिनु पर्ने नगरपालिकाले यत्रो बर्षसम्म नगर भित्रको फोहोर व्यवस्थापनमा चासो नराख्नु दुखद रहेको बेलौरीका स्थानिय बुद्धिजिबी तथा उद्यमी सुरज श्रेष्टले बताए ।

नगरक्षेत्र भित्र यत्रतत्र घास, प्लाष्टिक, शिसा जस्ता घातक वस्तुहरु यत्रतत्र छरिएको प्रष्ट देख्न सकिन्छ, जसले नगरक्षेत्रलाई नै कुरुप बनाएको छ । यसमा नगर पालिकाले चासो राख्नु पर्ने हो तर स्थानिय सरकारले त्यो फोहोरलाई नदेख्नु र व्यवस्थापन मा चासो नराख्नु चिन्ताको विषय रहेको स्थानिय लक्ष्मण दियालले बताए ।

स्वच्छ वातावरण कायम गर्न फोहरमैला व्यवस्थापन ऐन २०६८ कार्यान्वयनमा छ । त्यसरीनै मिति २०७० आसोज २३ मा नेपालसरकार मन्त्रिपरिषद बाट वातावरण मैत्री स्थानिय शासन प्रारुप २०७० ल्याइएको छ ।

यसले फोहोरमैलाको प्रदुषण रहित ढंगले व्यवस्थापन गर्ने दायित्व स्थानिय निकायलाई तोकिदिएको भए पनि बेलौरी नगर पालिकाले भने त्यस तर्फ ध्यान दिन नसक्दा नगर दिनानुदिन प्रदुषित र कुरुप हुदाँ स्थानिय आफै नगर सफागर्न अग्रसर भएका हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...