सुदूरपश्चिममा काँग्रेस संस्थापन इतरका चन्द र विष्टसित प्रधानमन्त्री देउवा देखिए अनुदार, पत्निलाई समानुपातिक लगेर आफ्ना सबैलाई गरे सीट सुरक्षित

Amity

महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेस संस्थापनका अधिकाँश नेताहरु चुनाव लड्ने भएका छन् । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले संस्थापनको पकड भएका सबै सीटमा उम्मेदवार सुरक्षित गरेका हुन् । उनी आफैं डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसहमत सिफारिश भएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा कैलाली ५ मा धर्मपत्नि आरजु राणा देउवालाई भने चुनाव लडाउन डराएका छन् । प्रधानमन्त्री पत्नि राणा डडेल्धुराबाट खर्स आर्य महिला कोटामा समानुपातिक बन्द सूचीमा परेकी छन् । स्थानीय तह निर्वाचनमा धनगढी उप महानगरमा लज्जास्पद हारपछि प्रधानमन्त्री देउवा पत्नि राणालाई प्रत्यक्ष चुनाव लडाउन डराएका हुन् । देउवाले त्यस क्षेत्रमा काँग्रेसका अन्य नेतालाई लडाउने तयारी गरेका छन् ।

janjyoti campus

प्रधानमन्त्री देउवा काँग्रेस संस्थापन इतरका दुई नेता बैतडीका चतुर बहादुर चन्द र कञ्चनपुरका दिवान विष्टमाथि अनुदार भएका छन् । बैतडी र कञ्चनपुर १ मा बलियो दाबेदार मानिएका उनीहरुलाई देउवाले प्रदेश सभा सदस्यमा चुनाव लडाउन लागेका छन् । त्यसका लागि उनले ती दुबै सीट सत्ता साझेदार माओवादी केन्द्रको भागमा पारेका छन् ।

बैतडीका चन्द र कञ्चनपुर विष्टसित देउवा स्थानीय तह निर्वाचनदेखि असन्तुष्ट छन् । चन्दले बैतडीमा एकलौटी टिकट वितरण गरेपछि देउवासित उनीसित असन्तुष्ट भएका हुन् । कञ्चनपुरका विष्टले भने स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरी देउवालाई चनुौती दिएका थिए ।

काँग्रेस संस्थापनका एनपी साउँद र रमेश लेखकका लागि भने देउवाले सीट सुरक्षित गरेका छन् । काँग्रेसका केन्द्रीय सदस्यद्वय साउँद कञ्चनपुर २ र लेखक कञ्चनपुर ३ मा उम्मेदवार सिफारिश भएका छन् ।

उनीहरु २०४८ देखि निरन्तरत चुनाव लड्दै आएका छन् । २०७० देखि आम निर्वाचन लड्न थालेका विष्टलाई भने देउवाले यस पटक पछाडि पारेका छन् । २०७० को निर्वाचनमा काँग्रेस संस्थापनका साउँद, विष्ट र र बहादुर सिह थापा बाहेक विष्टले पनि जितका थिए ।

विष्टले अन्तिमसम्म उम्मेदवारका लागि देउवासम्म दबाव पुगाएका छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरका लागि विष्टलाई उम्मेदवार नबनाउने मनस्थितिमा पुगि सकेका छन् ।

२०४८ को निर्वाचनपछि देउवालाई साथ दिदै आएका साउँद र लेखकले उनलाई पार्टी विभाजनमा पनि साथ दिएका थिए । देउवाले उनीहरु दुबैका लागि छलफल नगरी दुई सीट आफ्नो भागमा लिएका हुन् ।

सत्तारुढ गठबन्धनको भागबण्डामा काँग्रेसले प्रतिनिधि सभा सदस्यमा कञ्चनपुरका २, ३, कैलाली–१, ४, ५, डडेल्धुरा, दार्चुला, अछाम–२ र बाजुरा पाएको छ । त्यसमा दार्चुला बाहेक अन्य सबै क्षेत्रमा काँग्रेस संस्थापनका उम्मेदवार चुनाव लड्ने भएका छन् ।

दार्चुलामा उद्योग, बाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडु चुनाव लड्न लागेका छन । काँग्रेस संस्थापन इतरका बडुलाई देउवाले प्रधानमन्त्री भएपछि मन्त्री बनाएका हुन् । मन्त्री बडुसंगै विक्रम सिंह धामी, जगदीश पाल र गौरीशंकर गिरी पनि सिफारिश भएका छन् । अघिल्लो निर्वाचन लडेका धामीलाई प्रदेश सभामा चुनाव लड्न दबाव आएको नेताहरु बताउँछन् ।

डडेल्धुरामा प्रधानमन्त्री देउवा आफैं चुनाव लड्ने भएका छन् । उनी २०४८ देखि चुनाव जित्दै आएका छन् । कैलाली १ मा पूर्वमन्त्री रामजनम चौधरी उम्मेदवार हुने नेताहरुको भनाई छ ।

थारु समुदायको बाहुल्यता भएकाले चौधरीलाई उम्मेदवार बनाउन देउवा सहमत छन् । चौधरीसंगै काँग्रेसबाट बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्र बहादुर धामी सिफारिश भएका छन् ।

कैलालीमा ४ मा देउवाले काँग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष बीर बहादुर बलायरलाई डोटीबाट ल्याएर चुनाव लडाउने मनस्थिति बनाएका छन् । सत्तारुढ गठबन्धनमा डोटी समाजवादीले पाएपछि देउवा बलायरलाई लडाउन लागेका छन् ।

कैलाली ४ मा सुनिल भण्डारी, नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकले पनि आकांक्षा देखाएका छन्। उनीहरुमध्ये संस्थापन इतरका भण्डारी अघिल्लो निर्वाचन हारेका थिए ।

कैलाली ५ मा एकल सिफारिश भएकी प्रधानमन्त्री देउवा पत्नि आरजु राणा समानुपातिकमा परेकी छन् । काँग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु, नेताहरू सुनिल भण्डारी र निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्त उम्मेदवारका लागि आकाँक्षी छन् ।

अछाम २ बाट काँग्रेसका जिल्ला सभापति पुष्प बहादुर शाह उम्मेवार बन्ने नेताहरु बताउँछन् । उम्मेदवारका लागि बल बहादुर कुँवर, गणेश बहादुर विष्ट र रामबहादुर शाही आकाँक्षी छन् ।

बाजुरामा काँग्रेसका सह महामन्त्री बद्री पाण्डे बलियो आकाँक्षीका रुपमा हेरिएका छन् । खम्ब बहादुर खाती, अंगराज तिमिल्सिना, रामसिंह रावल, जनकराज गिरी, कविराज पण्डित र मन बहादुर रावल पनि टिकटका आकाँक्षी छन् ।

ghar sansar
सम्बन्धित
Loading...