बहुमतको युवा संगठनले बैजनाधमा बाँडे मिठाई र फलफूल

महेन्द्रनगर । नेकपा बहुमतको सहायक संगठन युवा जनस्वयम् सेवक नेपाल कञ्चनपुरले दशंैको अवसरमा बेदकोट नगरपालिका ७ स्थित बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रम फलफूल र मिठाई वितरण गरेको छ । केन्द्रमा शुभ कामना आदानप्रदान कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई फलफूल र मिठाई वितरण गरिएको छ ।

कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय सल्लाहकार डम्बर बहादुर बिष्ट राष्ट्रपति, पार्टी कञ्चनपुर जिल्ला ईन्चार्ज हरिश दयाल, यवा युवा जनस्वयमसेवक नेपाल कम केन्द्रीय अध्यक्ष्य हरिश भट्ट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाह र पार्टी जिल्ला संयोजक नक्साल लगायतका नेता कार्यकर्ता सहभागी भएको युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र ऐरीले जानकारी दिएका छन् ।

deepak
सम्बन्धित
Loading...