ghar sansar

शुक्लाफाँटामा हात्तीले घर भत्कायो, भागेर जोगाइयो ज्यान

khasi

महेन्द्रनगर । दशैंको मुखमै शुक्लाफाँटा नगरपालिकाका तीन वडामा जंगली हात्तीको बथानले बिहान पाक्नै लागेको धानबाली नष्ट गर्नुका साथै घर समेत भत्काई दिएको छ । धानमा क्षतिसँगै वडा नं १ का मदन महराको घर भत्काईदिएको छ। घरभित्र राखेको अन्नसहित सबै सामान तोडफोड गरिदिएको पीडित महराले बताए।

‘बिहानको झिसमिसेमै घर आँगनमै रहेका केराका बोट ढालेर खाएपछि हात्तीको बथानले घर भत्काईदिएको छ‚’ उनले भने, ‘हात्ती आएको बेलैमा थाहा पाएकाले हामीले भागेर ज्यान जोगाएका छौं।’ काट्न तयार भएको धानसमेत हात्तीको बथानले निकै नोक्सान गरेको उनले बताए ।

Anant bahu travels

वडा नं ११ का रामबहादुर चुनारा, केशव भट्ट, पदम बुढाऐर लगायतको झण्डै १५ कट्ठामा लगाएको धान खाएर र खुट्टाले कुल्चेर पूरै नोक्सान गरेको वडाध्यक्ष शेरबहादुर साउदले बताए ।

वडा नं ८ का ६ जनाको १० कट्ठाभन्दा बढी जग्गामा लगाएको धान क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । ‘हात्तीले निकै क्षति पु¥याउँथ्यो‚’ उनले भने, ‘पटका पड्काएर हात्तीलाई तर्साएर भगाउन सक्यौं, त्यै भएर धानबालीमा धेरै ठूलो क्षति हुनबाट जोगिएको छ । यसअघि हात्तीले वडाका २४ जनाभन्दा बढी किसानले लगाएको ५ बिघाभन्दा बढीको धानबाली खाएर नोक्सानी गरिसकेको छ।’

dirghayi clinic

हात्तीले काट्नै आँटेको धानमा दैनिक आएर नोक्सानी गर्न थालेपछि किसान चिन्तित भएका छन्। वर्षभरि खानका लागि लगाएको धान हात्तीले खान र नष्ट गर्न थालेपछि अब किनेर परिवार पाल्नुपर्ने अवस्था आएको रामबहादुर चुनाराले बताए ।

हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गर्दै आए पनि सुनवाई नभएको उनको भनाई रहेको छ। हात्ती वडा नं १ को सामुदायिक वन क्षेत्रमै रहेका छन् ।

दुई वर्षअघि मात्रै सोही वन क्षेत्रनजिक हात्तीको बथानले एकजना स्थानीयको ज्यान लिएको थियो। गएको भदौमा वडा नं ७ की एकजना बालिकाको ज्यान हात्तीको बथानले लिएको थियो ।

३ वर्षदेखि हात्तीको बथानले निरन्तर जस्तै मानवीय क्षति गर्दै आएको छ। ३ वर्षमा हात्तीको आक्रमणबाट ५ जनाले ज्यान गुमाईसकेका छन्।

छुट्टाछुट्टै झुण्डमा रहेको हात्तीको आतंकबाट दोधारा चाँदनी, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसान प्रभावित हुँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...