भाई भन्दा भेन्टिलेटरमा

महेन्द्रनगर । कैलालीको धनगढी उप महानगरपालिका ५ तारानगरका एक युवकमाथि कुटपिट भएको छ । फुटबल हेर्न गएका रामकृष्ण चौधरीमाथि कुटपिट भएको उनका आफन्तले बताए । उनको अहिले निर्सग अस्पतालमा उपचार भइरहेको छ ।

चौधरीले नास्ता खान गएका बेला आफ्नो मोटरसाइकललाई साइड दिन अनुरोध गर्दै ‘भाई बाटो छोड्’ भन्दा भाई किन भनेको ? भन्दै उनीमाथि आफ्ना साथीहरु बोलाई कुटपिट गरीएको उनका आफ्न्तको भनाइ छ । उनले दिनेशखबरसंग भने, ‘कहिल्यै कसैसँग झगडा नगर्ने सोझो हुनुहन्थ्यो । बिना कारण उहाँमाथि कुटपिट भयो। सानो बच्चा छ। कसरी पाल्ने होला । हाम्रो दशैँ बिगारिदिए।’

उनले थपे, ‘डाक्टरले बचाउन प्रयास गरिरहेको भनेका छन्। बाँचेपनि बोल्न सक्दैन भनिएको छ।’ अहिले रामकृष्णको अवस्था गम्भीर रहेको र पाँच दिनदेखि होसमा नआएको उनको दाबी छ ।

प्रहरीका अनुसार कुटपिट गर्नेमा धनगढी–५ का २२ वर्षीय मिलन चन्द, धनगढी–२ का २२ वर्षीय हर्केश सिंह बाग, धनगढी–५ का २२ वर्षीय चक्र रावल र २६ वर्षीय अविशेक शाही रहेका छन् । उनीहरुलाई अहिले प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Sisu
सम्बन्धित
Loading...