टिकट छुट्ने डरले दशैमा पनि घर फर्किएनन् नेता, काठमाडौमै मनाए दशै

महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको टिकटका लागि सिफारिश अधिकाँश नेताहरुले यस वर्षको दशैं काठमाडौंमा मनाएका छन् । दलहरुको जिल्ला कमिटीले प्रदेश कमिटीमा आकाँक्षीका नामावली पठाएपछि आकाँक्षी नेताहरु काठमाडौैं गएका हुन् । जिल्लाबाट एकल सिफारिश भएका नेताहरु काठमाडौं नगई जिल्लामा छन् ।

सत्तारुढ गठबन्धनका काँग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अधिकाँश नेताले काठमाडांैमा दशैं मनाएका छन् । दशैं मनाउन घर फर्केपछि टिकट छुट्ने आशमा उनीहरु काठमाडौं बसेका हुन् ।

janjyoti campus

टिकटका लागि सिफारिश निवर्तमान साँसद र पूर्व सभा सभासद् समेत काठमाडौंमा छन् । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्यहरु पनि काठमाडौंमा दशैं मनाएका छन् ।

दलहरुबाट टिकटका लागि सिफारिश भएका बाहेक दलका नेता कार्यकर्ता पनि उनीहरुसंगै काठमाडौंमा छन् । काठमाडौं गएकामध्ये केही आकाँक्षी भने दशैं अघि घर फर्किएका छन् ।

कञ्चनपुरमा सत्तारुढ गठबन्धनमा काँग्रेस नेता रमेश लेखक, एनपी साउँद, माओवादी केन्द्रका नेता विना मगर प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन् । सत्तारुढ गठबन्धनमा मगर एकल सिफारिश भएकी छन् । काँग्रेसका लेखक र साउँदसित अन्य नेता सिफारिश भए पनि उनीहरु चुनाव लड्ने निश्चित भएको छ ।

उनीहरुमध्ये मगर निर्वाचन क्षेत्र नं. १, साउँद २ र लेखक ३ नम्बर क्षेत्रमा चुनाव लड्न लागेका हुन्् । कञ्चनपुर क्षेत्र नं. २ ख बाट काँग्रेसका पूर्व सभासद् बहादुर सिह थापा पनि एकल सिफारिश भएका छन् ।

एमाले केन्द्रीय सदस्य एवम् संविधान सदस्य कृपाराम राना र जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट आगामी चुनाव लड्ने निश्चित भएको छ । उनीहरु दुबै जना एकल सिफारिश भएका छन् । एमाले अध्यक्ष विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख र राना निर्वाचन क्षेत्र नं. २ ख बाट चुनाव लड्न लागेका हुन् ।

एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिश भएका छन् । कञ्चनपुर ३ बाट निवर्तमान साँसदद्वय डा. दिपक प्रकाश भट्ट र निरुदेवी पाल सिफारिश भएकी छन् ।

कञ्चनपुर २ बाट निवर्तमान साँसद नर बहादुर, बचन बहादुर सिह र दिलसरा खत्री सिफारिश छिन् । सुुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री तारालामा तामाङ्ग सहित बीर बहादुर थापा, खेम सुवेदी र सुशिला खत्री निर्वाचन क्षेत्र नं. १ बाट सिफारिश भएका छन् ।

दशैं मनाउन यस वर्ष १८ लाख बढी सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन् । टिकटका लागि सिफारिश नेताहरु दबावका शीर्ष नेतृत्वलाई दबाव दिन काठमाडौंमा बसेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता लोकबिक्रम थापाले टिकट लिएर मात्रै जिल्ला फर्किने बताए । ‘अहिले यस्तै छ, काठमाडौंमा छु’ उनले भने, ‘अब टिकट लिएर मात्रै फर्किन्छु ।’

एकीकृत समाजवादीबाट कञ्चनपुर ३ क मा थापा र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल बलियो दाबेदार छन् । उनीहरु दुबै पछि हट्न नसक्ने अवस्थामा पुगेका छन् ।

निर्वाचन आयोगको कार्य तालिका अनुसार असोज २३ गते उम्मेदवारी दर्ता हुन अघि नै आकाँक्षीहरु जिल्ला फर्किने तयारीमा छन् ।

ghar sansar
सम्बन्धित
Loading...