खैरभट्टीकी १ वर्ष ४ महिनाकी रिमा श्रेष्ठको बोनमोरो ट्रान्सप्लान्टका लागि सहयोग जुटाउन साँस्कृति कार्यक्रम, संकलति रकम कार्यक्रममै आफन्तलाई हस्तान्तरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ खैरभट्टीकी रिमा श्रेष्ठको बोनमोरो ट्रान्सप्लान्टका लागि साँस्कृति कार्यक्रम गरी आर्थिक सहयोग संकलन गरिएको छ ।

खैरभट्टीस्थित श्री सिद्धनाथ बैजनाथ युवा समाज निम्बुखेडा,खैरभट्टीले आर्थिक सहयोग संकलनका लागि मंगलबार दशैंको अवसरमा कार्यक्रम गरेको छ । कार्यक्रमबाट संकलन भएको ३१ हजार २ सय ४१ रुपैँया बालिकाका परिवारलाई हस्तातरण गरिएको छ ।

janjyoti campus

समाजका अध्यक्ष विरेन्द्र सिह साउँदले बालिकाको घर परिवारको कमजोर आर्थिक अवस्था भएकाले सहयोग संकलन थालिएको बताए । ‘घर परिवारको कमजोर अवस्था छ, त्यस कारण सबै क्षेत्रबाट सहयोग संकलन भई रहेको छ, गाउँ घरमा हुँदैछ, अस्ति बजारमा पनि गरियो, विदेशबाट पनि आएको छ’ उनले भने,‘यो साँस्कृतिक कार्यक्रम पनि सहयोगका लागि गरिएको हो, थोरै भए पनि केही रकम संकलन भएको छ ।’

कार्यक्रममा सहभागी वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश सिह भण्डारीले बालिकाका आफन्तलाई कार्यक्रमबाट संकलन गरिएको रकम हस्तान्तरण गरेको जानकारी दिए ।

एक वर्ष ४ महिना उमेरकी श्रेष्ठको बोनमोरो ट्रान्सप्लान्टका लागि ५० देखि ६० लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले उनका परिवारलाई जानकारी दिएका छन् । महेन्द्रनगरस्थित मन्त्री हस्पिटलमा भर्ना गरिएको छ ।

बालिका भीमदत्त नगरपालिका १८ खैरभट्टीका रोहन श्रेष्ठकी छोरी हुन् । श्रेष्ठ परिवारको आग्रहमा स्थानीयले आर्थिक सहयोग संकलन थालेका छन् । समाजले साँस्कृतिक कार्यक्रम गरेको हो ।

मंगलबार साँझदेखि गरिएको कार्यक्रम राति १०ः३० बजेसम्म चलेको थियो । समाजका अध्यक्ष साउँदले बालिकाको उपचारका लागि सहयोग गर्न सबैमा याचना पनि गरेका छन् ।

ghar sansar
सम्बन्धित
Loading...