ghar sansar

कृष्णपुरमा वडा अध्यक्ष साउँदले दिए गरीब परिवारलाई दशैं मनाउन खर्च

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन साउदले विपन्न परिवारलाई दशैं मनाउन आर्थिक सहयाोग गरेका छन् । चाडपर्वमा खर्च नभएर विचल्लीमा परेका पाँच परिवारको घरमै पुगेर साउदले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका हुन् ।

विपन्न परिवारलाई रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म अबस्था हेरेर सहयोग गरिएको साउदले बताए । सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका परिवारका छोटेलाल चौधरी, बेपत्ता परिवारका रतना कठायत, दृष्टीविहीन रघी चन्द, एकल महिला भागा बिष्ट र अति विपन्न दलित समुदायका कमला चुनारालाई घरमै पुगेर साउदले दशैं खर्च उपलव्ध गराएका छन् ।

Anant bahu travels
dirghayi clinic

‘आर्थिक अभावमा दशैंका बेला मिठो मसिनो खान पाएका थिएनौं’ दृष्टीविहीन रघी चन्दले भने, ‘वडा अध्यक्षले रकम उपलव्ध गराई दशैं मनाउनमा सहयोग गर्नु भएको छ, उहाँले लगाएको गुन बिर्षन सक्दैनौं ।’

‘आर्थिक अभावका कारण विपन्न परिवारलाई दशैं मनाउन निकै समस्या परेको जानकारी पाएपछि व्यक्तिगत रुपमा दशैं खर्च उपलव्ध गराईएका छौं’ उनले भने, ‘जनप्रतिनिधि भनेपछि जनताको सुख दुखमा साथ दिने हो, त्यही भूमिका निर्वाह मात्रै गरेका छौं, विपन्न परिवारको जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालनको तयारी गरेका छौं ।’

नगरपालिका कार्यालय र अन्य गैरसरकारी संघ संस्था संग समन्वय गरी विपन्न परिवारको माग अनुसारका तालिम संगै आत्मनिर्भर हुन सघाउ पुरयाउने कार्यक्रम सञ्चलन गरिने उनको भनाई रहेको छ । दशैं खर्च वितरण कार्यक्रममा समाजसेवी दिपेन्द्रपाल र मोहन भण्डारीको उपस्थीति रहेको थियो ।

Himal dental
सम्बन्धित
Loading...