
महेन्द्रनगर । बेलौरीमा यही असोज २७, २८ र २९ गते क्षेत्रीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बेलौरी नगरपालिका ४ को मुख्य प्रायोजनमा उग्रतारा बाल विद्यालय तथा बेलौरी व्याडमिन्टन क्लबले संयुक्त रुपमा प्रतियोगिता गर्न लागेका छन् ।
प्रतियोगिताको आयोजनाका लागि तयारीलाई तीव्र रुपमा अघि बढाएको बेलौरी व्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट करिब २० टिम सहभागी हुने भएका छन् ।

क्षेत्र नं १ मा व्याडमिन्टन खेलाडी उत्पादन गर्ने र यस खेल प्रति युवाको आर्कषण बढाउने उदेश्यले उग्रतारा बाल बिद्यालयले २०७१ देखि व्याडमिन्टन प्रतियोगिता गर्दै आएको छ । बर्सेनी गर्दै आएको प्रतियोगिालाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।
दुई वर्ष कोरोना महामारीका कारण सो प्रतियोगिता राउन नसेकेको भए पनि यस बर्ष फेरी निरन्तरता दिन लागेको उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिंह बिष्टले जानकारी दिए ।
“विगतका वर्षमा उग्रतारा बाल बिद्यालयको एकल प्रयासमा व्याडमिन्टन प्रतियोगिता हुने गरेको भए पनि यस बर्ष बेलौरी ब्याडमिन्टन क्लबपनि हामीसंग सहकार्य गर्न आएको छ ।
अब संयुक्त आयोजनामा प्रतियोगिता हुने छ, भने बेलौरी नगर पालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन ढकालले पनि खेल हामी सबैको जीवनमा आवश्यक रहेको भन्दै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, प्रिन्सिपल बिष्टले भने ।
प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार, द्वितिय टिमले २० हजार नगद र प्रमाण पत्र पाउने छन । प्रतियोगितामा भने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा स्थायी बसोबास रहेका खेलाडीहरुलाई वा निर्वाचन क्षेत्र नम्बर १ भित्र कार्यक्षेत्र रहेका खेलाडीलाई मात्र समावेश गरिने उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल बष्टले जानकारी दिएका छन् ।
