ghar sansar

अनुगमनमा निकै अगाडि छन् दोधारा चाँदनीका मेयर

dirghayu ad

महेन्द्रनगर । स्थानीय तह निर्वाचनपछि कार्य व्यस्तताले कर्मचारीसित परिचयात्मक कार्यक्रम राख्न नसकेका दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु अनुगमनमा तीव्रता दिएका छन् । नगरपालिका क्षेत्रमा हुने कार्यालय र अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाका सबै अनुगमन कार्यक्रममा निरन्तर सहभागी भएका छन् ।

उनी स्थानीय तह निर्वाचनमा निर्वाचित भएको ६ महिना पुगि सकेको छ । ६ महिनासम्म मेयर अनुमगनलाई प्राथमिकता दिएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गर्नु पर्ने अन्य कार्य भने लथालिङ्ग अवस्थामा पुगेका छन् ।

ratnam malkhad

गैर सरकारी संस्थाका कार्यक्रममा मेयर र उप मेयर सबैभन्दा बढी सहभागी हुने भएका छन् । त्यस बाहेक मेयर बाढी डुबनाका समयमा मेयर लिम्बु दैनिक रुपमा अनुगमनका लागि वस्तीमा पुगेका छन् ।

नगरपालिकाको सबैभन्दा ठूलो आन्तरिक आम्दानीको स्रोत महाकाली नदीको रोयल्टीबाट रकम संलकन गर्न समेत पछि पर्ने अवस्था आएको छ । नगरपालिकाले आइइई प्रतिवेदन तयार भएपछि मात्रै ठेक्का लगाउने तयारी अघि बढाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असोज १ गतेदेखि खोला नालामा नदीजन्य पदार्थ उत्खनन हुने गरेको छ । भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी असोज १ गतेदेखि रोयल्टी संकलन गर्न थालि सकेको छ ।

अहिले फेरि सुदूरपश्चिम प्रदेशमा मौसम बदली भई भारी वर्षा हुन सक्ने जानकारी बाहिर आएपछि उनी बिहानै दोधारा चा“दनी नगरपालिकाको महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रको अवस्था बुझ्न अनुगमनमा निस्किएका छन् ।

महाकाली नदी र जगबुडा नदीमा पानीको सतह बढ्ने सम्भावनालाई देखेर बिहानै मेयर लिम्बु महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रको निरीक्षणसंग स्थानियहरुलाई भेट गरि बाढीबाट सर्तक रहन आग्रह गरेका हुन् ।

दोधारा चा“दनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चा“दनी नगरपालिका– ९ ढकनाघाट, वडा नं. १० को प्रधान टोल, कुतियकवार, निशाने टोल, शान्ती टोल, अठार नम्वर पिल्लर बस्ती, वडा नं. ८ को सुन्दरनगर लगाएत बाढीको जोखिममा रहेका बस्तीको निरीक्षण गरेका छन् ।

मेयर लिम्बु आफ्नै घरमा पुगेर अवस्थाको बारेमा जानकारी लिएसंग तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुमा खुशी छाएको छ । बाढी ग्रस्त क्षेत्रमा नदि नियन्त्रणको लागी आफ्नो पहल जारी राख्दै आएको बताउँदै मेयर लिम्बुले नदीको सतह कम हुने बित्तिकै तटबन्ध निमार्णको काम अघि बढाउने बताए ।

तटिय क्षेत्रका बासिन्दाको जिउ धनको रक्षका लागि आफुले निरन्तर पहल गरिरहने मेयर लिम्बुको भनाई रहेको छ् । बाढीका कारण हुन सक्ने कटान, डुबान आदिबाट हुने क्षतिलाई रोक्न तथा क्षतिको न्यूनिकरणका लागि दोधारा चा“दनी नगरपालिका कार्यालयको तर्फबाट सरोकारवालाहरु संग समन्वय र पहल भईरहेको मेयर लिम्बुले बताए ।

सुदूरपश्चिम प्रदेशमा मौसम बदली भई भारी वर्षा हुन सक्ने सम्भावना देखिएको हुदा दोधारा चादनी नगरपालिका कार्यालय सर्तकता अपनाउ थालेको हो ।

भारत मौसम विज्ञान विभागले समेत सुदूरपश्चिमसंग जोडिएको भारतको उत्तराखण्ड राज्यमा अत्यधिक भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेपछि दोधारा चा“दनी नगरपालिका कार्यालयले सर्तकता अपनाउँदै विपद् व्यवस्थापन समिति, उद्धार टोली तथा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखेको दोधारा चा“दनी नगरपालिका कार्यालय बिपद् ब्यवस्थापन शाखाका फोकल पर्सन रघुनाथ भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...