ghar sansar

मेयरको टिकट खोसिएका एमाले नेता पल्लव हुने भए प्रदेश सभा सदस्य उम्मेदवार

महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा मेयरमा टिकट खोसिएका एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टले प्रदेश सभा सदस्य निर्वाचन लड्ने भएका छन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ ख मा प्रदेश सभा सदस्य निर्वाचन लड्न लागेका हुन् । यस क्षेत्रबाट जिल्ला कमिटी सचिव भट्ट सहितका नेताहरुको नाम सिफारिश गरिएको थियो ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको मेयरका लागि सिफारिश भट्टको टिकट खोसेको थियो । एमाले जिल्ल्ला कमिटीबाट राय सहित पेश गरिएका भट्टलाई टिकट नदिई जिल्लाबाट सिफारिश नभएकी केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिएको थियो । बोहरा चुनावमा फराकिलो मतान्तरले पराजित भएपछि एमाले प्रदेश नेतृत्वको चौतर्फी आलोचना भएको थियो ।

lotus institite

एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारीले बोहरालाई उम्मेदवार बनाएका थिए । एमाले कञ्चनपुरको आठौ अधिवेशनमा हारको बदला लिन उनको टिकट खोसिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफैं चुनावी प्रचारमा आएर पनि बेलौरीमा दुई हजार मत अन्तरले हारेपछि प्रदेश नेतासित असन्तुष्ट भएका थिए । उनले बोहरालाई आफूले चुनाव नलड्न भने पनि जिद्दी गरी लडेको भन्दै गुनासो सुनाएका थिए । बोहरालाई एमाले अध्यक्ष ओलीसम्म बलियो सम्बन्ध भएकी नेताका रुपमा हेर्ने गरिएको छ ।

daimond public

एमाले जिल्ला कमिटीबाट प्रदेश सभा सदस्यमा सिफारिश भएपछि भट्टलाई यस पटक रोक्न पनि अन्तिमसम्म प्रयास गरिएको थियो । अध्यक्ष ओलीसम्म गरिएका प्रयास निरर्थक भएपछि उनी चुनाव लड्न लागेका हुन् । भट्टलाई स्थानीय तह निर्वाचनमा अन्तर्घात गरिएको आरोप लगाएर टिकटबाट रोक्न प्रयास अन्तिमसम्म गरिएको थियो ।

स्थानीय तह निर्वाचनपछि एमालेमा आठौं अधिवेशन हार्ने समूहका केही नेताले नक्कली फेसबुक आइडी खोलेर भट्ट विरुद्ध दुष्प्रचार अभियान चलाएका थिए । उनले साइबर क्राइमा मुद्दा हाल्ने चेतावनी दिएपछि नक्कली आइडीबाट प्रचार गर्न बन्द गरिएको थियो ।

एमालेले स्थानीय तह निर्वाचनको अन्तर्घात छानबिनका लागि समिति गठन गरी छानबिन गरेको थियो । नेताहरुका अनुसार प्रतिवेदनमा भट्टमाथि लगाएका सबै आरोप गलत देखिएका छन् । त्यसपछि एमालेले फेसबुकमा पार्टी विरोधी गतिविधि समेत नलेख्ने निर्णय गरेको थियो ।

एमालेबाट विद्यार्थी राजनीतिबाट आएका उनी सीमा अतिक्रमण विरुद्ध संघर्षशिल नेताका रुपमा परिचित छन् । राजनीतिसंगै मानव अधिकार र पत्रकारिता क्षेत्रमा समेत काम गरेका उनी एमालेभित्र प्रष्ट वक्ता र नेतृत्व गर्न सक्ने नेताका रुपमा परिचित छन् ।

प्रदेश सभामा उनी सहित खेम सुवेदी र बजारे चौधरी उम्मेदवार हुने सम्भावना थियो । सुवेदी प्रतिनिधि सभा सदस्यमा सिफारिश गरिएका छन् । सत्तारुढ गठबन्धनबाट काँग्रसका दिवान सिह विष्ट चुनाव लड्ने भएपछि एमालेले भट्टलाई अघि सारेको छ ।

कञ्चनपुर १ मा प्रतिनिधि सभा सदस्यमा तारालामा तामाङ्ग र प्रदेश सभा क मा बीर बहादुर थापा उम्मेदवार हुने भएका छन् । थापा पूर्व माओवादीबाट एमाले आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...