एमालेमा पार्टी छाडेर फर्किनेलाई सम्मान, पार्टी नछाडी बस्नेलाई अपमान

महेन्द्रनगर । नेकपा एमालले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लड्ने उम्मेदवारको टुङ्गो लगाएको छ । निवर्तमान साँसद नर बहादुर धामी प्रतिनिधि सभा सदस्य उम्मेदवारमा फेरि दोहोरिएका छन् । अन्य दुई क्षेत्रमा भने नयाँ नेता उम्मेदवार भएका छन् ।

धामी कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार हुने भएका छन् । उनी २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । त्यस अघि उनी २०७० को संविधान सभा सदस्य निर्वाचनमा भने पराजित भएका थिए । धामीसंगै प्रतिनिधि सभा सदस्यमा बचन बहादुर सिह र दिलसरा खत्रीको नाम सिफारिश गरिएको थियो । सिह प्रदेश सभा सदस्य चुनाव लड्ने भएका छन् ।

janjyoti campus

कञ्चनपुर ३ बाट एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल उम्मेदवार भएकी छन् । उनी २०७४ मा समानुपातिक साँसद भएकी थिइन् । यस वर्ष एमालेले उनलाई उम्मेदवार बनाएको छ । उनीसंगै निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टको नाम सिफारिश गरिएको थियो । भट्टलाई यस पटक उम्मेदवार रोकेर पाललाई टिकट दिइएको हो ।

एमालेका निवर्तमान साँसद भट्ट अध्यक्ष ओलीको संसद विघटन कदमका विरोधी हुन् । उनी एमाले विभाजन भएपछि समाजवादीमा नगएर १० बुँदे सहमति मार्फत एमाले बसेका हुन् । उनले कञ्चनपुर ३ मा एमालेलाई २०५१ पछि पहिलो पटक जित हात दिलाएका थिए । पाँच वर्षे कार्यकालमा थालिएका अधुरा कामलाई पूर्णता दिने लक्ष्य राखेर उनी यस पटक चुनाव लड्न चाहेका थिए ।

अध्यक्ष ओलीको संसद विघटन कदमको विरोधी भएका कारण डा. भट्टलाई टिकट रोकिएको छ । उनी २०७४ मा काँग्रेका पूर्व मन्त्री रमेश लेखकलाई पराजित गरी निर्वाचित भएका हुन् । लेखक यस पटक सत्तारुढ गठबन्धनबाट उम्मेदवार हुने भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य पालले सिफारिश भएपछि उम्मेदवार हुने निश्चित भएको नेताहरुले ठोकुवा गरेका थिए । पालले पनि भट्टलाई मनाएर अन्तिमसम्म एकल नाम पठाउन कसरत गरेकी थिइन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा एमालेबाट तारालामा तामाङ्ग प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् । एमाले अध्यक्ष ओलीको संसद विघटन कदमका विरोधी उनी भदौ १५ गते मात्रै एकीकृत समाजवादीबाट एमाले फर्किएका हुन् । समाजवादीबाट तामाङ्गलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आफैं महेन्द्रनगर आएका थिए । नेताहरुका अनुसार नेता तामाङ्गले अध्यक्ष ओलीसित कुराकानी गरी पार्टीमा फर्किएका थिए ।

एमालेमा तत्कालिन माधव नेपाल समूहका उनी पार्टी विभाजन भएपछि समाजवादी भएर सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका थिए । समाजवादीले मन्त्रीबाट हटाएपछि उनी असन्तुष्ट भएका थिए ।

एमाले अध्यक्ष ओलीलाई अन्तिमसम्म तामाङ्गलाई उम्मेदवार नबनाउन अन्तिमसम्म दबाव दिइएको थियो । एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारीले त्यसको नेतृत्व गरेका थिए । उनीहरुले माओवादी छाडेर एमाले भएका बीर बहादुर थापालाई टिकट दिन दबाव दिएका थिए ।

अध्यक्ष ओलीहरुको दबावलाई अस्वीकार गरी थापालाई प्रदेश सभा सदस्य उम्मेदवार बनाएर तामाङ्गलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउने निर्णय लिएका छन् ।

एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनमा पराजित भएपछि थापा स्थानीय तह निर्वाचनमा पुनर्वास नगरपालिकाको मेयरमा चुनाव लड्न समेत डराएका थिए । एमाले जिल्ला कमिटीले थापालाई मेयरको टिकट दिन सिफारिश गरेको थियो ।

एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्य टिकट दिएका नेतामध्ये तामाङ्ग बाहेक धामी र पाल दुबै समूहका नेता हुन् । उनीहरु दुबै संसद विघटन कदमका समर्थक हुन् । धामी एमालेको १० महाधिवेशनपछि केन्द्रीय सदस्य भएर कञ्चनपुर सह इन्चार्ज भएका छन् । उनी विद्यार्थी राजनीतिबाट आएका हुन् ।

एमालेमा समाजवादी भएर फर्किने र माओवादी छाडेर आएका नेताले टिकटमा प्राथमिकता दिएका छन् । अछाममा पूर्व उपाध्यक्ष भीम रावललाई रोकेर माओवादी छाडेर आएका झपट बोहरा उम्मेदवार हुने भएका छन् । केही दिन अघि अध्यक्ष ओलीले रावलको एकल सिफारिशप्रति असन्तुष्टि जनाएको बाहिर आएको थियो ।

एमाले उम्मेदवारका नाम बाहिर आएपछि १० बुँदे पक्षधरलाई टिकट नदिएपछि नेता कार्यकर्ताले गुनासो गर्न थालेका छन् । उनीहरुले अध्यक्ष ओलीले पार्टी छाडेर फर्किएकालाई प्राथमिकता दिएर पार्टीमै बसेका नेतालाई टिकटमा अपमान गरेको गुनासो गरेका छन् ।

‘तारालामा समाजवादी गएर फर्किए, टिकट पाए, दिपक भट्ट विभाजनमा सहभागी नभएर पार्टीभित्र बसे, टिकट दिइएन’ एमालेका एक नेताले भने,‘ओलीजीमा छाडेकालाई बोक्ने र बसेकालाई हेप्ने शैली देखियो, यो चुनावका लागि राम्रो होइन् ।’

ghar sansar
सम्बन्धित
Loading...