एमालेका यी नेताले लड्दै छन् प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव

महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेताहरुका अनुसार प्रतिनिधि सभाको १ नम्बर क्षेत्रमा तारालामा तामाङ उम्मेदवार हुने भएका छन् भने प्रदेश सभातर्फ वीरबहादुर थापा ‘पातल’ र पल्लबराज भट्ट उम्मेदवार हुने भएका छन् ।

पातलले प्रतिनिधि सभामा उम्मेदवार बन्ने इच्छा देखाए पनि पार्टीले उनलाई प्रदेश सभामा उम्मेदवार बनाएको छ । २ नम्बर क्षेत्रमा निवर्तमान सांसद नरबहादुर धामीलाई एमालेले फेरि उम्मेदवार बनाएको छ । प्रतिनिधि सभामा आकांक्षा देखाएका राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचनबहादुर सिंहलाई प्रदेश सभातर्फ उम्मेदवार बनाएको छ ।

deepak

प्रदेश सभातर्फ सर्वसम्मत सिफारिस भएका कृपाराम रानालाई पनि पार्टीले उम्मेदवार बनाएको छ । कञ्चनपुरको ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभातर्फ पार्टी पोलिटब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेवी पाल उम्मेदवार बनेकी छन् । निवर्तमान सांसद डा. दिपकप्रकाश भट्टले पुनः आकांक्षी देखाएका भए पनि पाललाई उम्मेदवार बनाइएको छ ।

३ नम्बर क्षेत्रमा प्रदेश सभातर्फ जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलाई उम्मेदवार बनाइएको छ । अर्को प्रदेशसभा क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गरेर धर्मराज जोशीलाई उम्मेदवार बनाउने भएको जनाइएको छ ।

सम्बन्धित
Loading...