ghar sansar

देबशक्ति सहकारीको अध्यक्षमा साउँद चयन

महेन्द्रनगर । देबशक्ति बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा सुरेन्द्र सिह साउँद चयन भएका छन् । सहकारीको १४ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट साउँदको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा जानकी बोहरा, सचिव विरेन्द्र प्रसाद भट्ट, कोषाध्यक्ष अम्बादत्त जोशी, सदस्यमा जयश्वरी जोशी भट्ट, हरिदत्त भट्ट, हेमराज ओझा चयन भएका छन् ।

अविधेशनबाट विष्ष्णु प्रसाद बोकटीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । समितिमा रुपा जोशी र प्रेम सिह सामन्त सदस्य छन् । नयाँ समितिको कार्यकाल चार वर्षको हुनेछ ।

राष्ट्रिय सहकारी बोर्डका सदस्य दशरथ भण्डारीले साधारण सभा तथा नवौ अधिवेशन उद्घाटन गरेका थिए । सहकारीका अध्यक्ष साउँदको अध्यक्षमा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका सहकारी विकास शाखाका प्रमुख बिमला भाट, जिल्ला बचत तथा ऋण सहकारी संंघका अध्यक्ष भवानी चन्द, राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रकाश थपलिया, भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहकारीका व्यवस्थापक मदन सिह धामीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष जानकी बोहरा आर्थिक प्रतिवेदन, सचिव विरेन्द्र प्रसाद भट्ट नीति तथा कार्यक्रम र लेखा सुपरीक्षण समितिका संयोजक विष्णु प्रसाद बोकटले सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस।साधारण सभाको बन्द सत्रबाट ती सबै प्रतिवेदन पारित भएका छन् ।

दुई हजार ५ सय १६ शेयर सदस्य आवद्ध सहकारीको एक करोड ९५ लाख ४६ हजार शेयर पूँजी छ । सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा ८ करोड ४७ लाख ऋण प्रवाह गरेको छ ।

कार्यक्रममा सहकारीका उत्कृष्ठ कर्मचारीलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । उनीहरुमा तारा भट्ट, नजवराज जोशी र लिला धामी छन् ।

यसैगरी सहकारीका संस्थापक शेयर सदस्य गंगादत्त जोशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सहकारी बोर्डका सदस्य भण्डारीले सहकारीले सहकारीका सिद्धान्त अनुसरण गरी चल्नु पर्नेमा जोड दिए । सहकारीका सचिव भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...