कञ्चनपुर १ का एमाले माओवादी उम्मेदवार : अघिल्लो चुनावमा सहयोगी, अहिले एक अर्काका प्रतिस्पर्धी

महेन्द्रनगर । पाँच वर्ष अघि एक साथ चुनाव लडेका एमाले नेता तारालामा तामाङ्ग र माओवादी केन्द्रका नेता विना मगर यस पटक कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा एक अर्का विरुद्ध प्रतिनिधि सभा सदस्य चुनाव लड्न लागेका छन् ।

सत्तारुढ गठबन्धनबाट मगर र एमालेबाट तामाङ्ग चुनावी मैदानमा आएका छन् । २०७४ को निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट मगर प्रतिनिधि सभा सदस्य चुनाव लड्दा तामाङ्ग प्रदेश सभा सदस्यमा लडेका थिए । उनीहरु दुबै चुनाव जितेर मन्त्रीसम्म भएका छन् ।

deepak

चुनावमा वाम गठबन्धन भएर एमाले र माओवादी एकीकरण बनेपछि सर्वाेच्च अदालतबाट नेकपा विघटन हुन अघिसम्म उनीहरु एकै पार्टीका समेत बसेका थिए । नेकपा विघटन भएपछि मगर माओवादी फर्किएकी थिइन् । तामाङ्ग एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा गएका थिए । तामाङ्ग एमाले फर्किएपछि उनी मगरका प्रतिस्पर्धी भएका छन् ।

एमालेबाट तामाङसहित वीरबहादुर थापा(पातल), खेम सुवेदी सिफारिस भए पनि अन्तत ताराले टिकट पाएका छन् । माओवादीबाट मगरको एकल नाम सिफारिश गरिएको थियो । यस क्षेत्रमा काँग्रेस नेता दिवान सिह विष्टले अन्तिमसम्म अडान राखेका थिए ।

एमालेलेमा टिकटका दाबेदार बीर बहादुर थापा र काँग्रेसका दाबेदार विष्ट दुबैले प्रदेश सभा सदस्य लड्ने भएका छन् । मगर यस अघि २०७० मा चुनाव लडेर हारेकी थिइन् । २०७४ मा भने उनी एमाले सहयोगमा साँसद भएकी हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी भएका कारण सत्तारुढ गठबन्धनमा उनका लागि यो क्षेत्र सुरक्षित रुपमा हेरिएको थियो । काँग्रेसभित्रको असन्तुष्टिले मगर असहज अवस्थामा पुग्न सक्ने चिन्ता बाहिर आएका छन् ।

कञ्चनपुर १ मा पुनर्वास, बेलौरी बेल्डाँडी र लालझाडी गाउँपालिका छन् । स्थानीय तह निर्वाचनमा पुनर्वास र बेलडाँडी काँग्रेसले जितेको छ । लालझाडी एमाले र बेलौरी माओवादीले जितेको थियो ।

माओवादीका उम्मेदवार मगर र एमाले नेता तामाङ दुबै पुनर्वास नगरपालिका ३ का हुन् । पुनर्वास ३ मगरको माइती घरबाट मगर चुनाव लड्दै आएकी छन् ।

सम्बन्धित
Loading...