ghar sansar

कञ्चनपुर ३ मा एमाले उम्मेदवारले गराए उम्मेदवारी दर्ता, प्रतिनिधि सभामा पाल र प्रदेश सभा ख मा विष्ट उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ को प्रतिनिधि सभा र प्रदेश सभा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयमा दिउँसो एमालेले उम्मेदवारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।

एमालेबाट प्रतिनिधि सभा सदस्यमा निरुदेवी पालले उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हिरा चन्द प्रस्तावक र दोधारा चाँदनी नगर कमिटीका सह इन्चार्ज खिमा चन्द समर्थक बसेका छन् ।

,orning glory badhai

एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज पाल अघि यस २०६५ मा संविधान सभा उप निर्वाचन लडेकी थिइन् । उनी दोस्रो पटक १३ वर्षपछि प्रतिनिधि सभा सदस्यका लागि फेरि चुनावी मैदानमा आएकी छन् ।

एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसित तालेमलका कारण प्रदेश सभाका एक सीट मात्रै उम्मेदवारी दिएको छ । प्रदेश सभा ख मा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले उम्मेदवारी दिएका छन् । अध्यक्ष विष्टको उम्मेदवारीमा विष्णु कँडेल प्रस्ताव र गगन खत्री समर्थक बसेका छन् । उनीहरु दुबै जना एमाले जिल्ला कमिटी सदस्य हुन् ।

dirghayi clinic

उम्मेदवारी दर्ता गराउन एमाले पोलिटब्युरो सदस्य एवम् सुदूरपश्चिम सह इन्चार्ज राजेन्द्र सिह रावल, पूर्व उप सभामुख भोजराज जोशी, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, नेताहरु नर बहादुर विक, लक्ष्मी विक, विष्णु प्रसाद अवस्थी लगायतका मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।

एमालेबाट प्रतिनिधि सभा सदस्यमा निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट र पाल दुई जनाको नाम सिफारिश गरिएको थियो । अघिल्लो निर्वाचन जितेका भट्टलाई यस पटक टिकट नदिएर एमालेले पाललाई दिएको हो । उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवारको आकाँक्षी थिइन् ।

एमालेका जिल्ला अध्यक्ष विष्ट भने पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका छन् । उनी प्रदेश सभा सदस्य ख बाट टिकटका लागि सर्वसम्मत भएका थिए ।

भीमदत्त नगरपालिकाका निवर्तमान मेयर विष्ट २०७४ मा मेयरको चुनाव लडेका थिए । उनी एमालेको आठौं जिल्ला अधिवेशनबाट एमाले अध्यक्ष भएका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाका १९, दोधारा चाँदनीका १० र बेदकोट नगरपालिकाको एक वडा गरी ३० वडा छन् ।

Himal dental
सम्बन्धित
Loading...