कञ्चनपुर क्षेत्र नं. २ मा एमालेको उम्मेदवारी दर्ता, प्रतिनिधि सभामा दोहोरिए निवर्तमान साँसद धामी, प्रदेश सभामा संविधान सभा सदस्य राना र सिह उम्मेदवार 

महेन्द्रनगर । नेकपा एमालेका उम्मेदवारले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गराएका छन् । एमालेका निवर्तमान साँसद नर बहादुर धामी, संविधान सभा सदस्य कृपाराम राना र बचन बहादुर सिहले उम्मेदवारी दर्ता गराएका हुन् ।

निवर्तमान साँसद धामीले प्रतिनिधि सभा, राना र सिहले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । प्रदेश सभाका उम्मेदवार राना र सिहमध्ये राना प्रदेश सभा ख र सिह क मा चुनाव लड्ने भएका हुन् ।

janjyoti campus

झलारीस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रतिनिधि सभा सदस्यका उम्मेदवारको धामीको उम्मेदवारीमा लोकेन्द्र प्रसाद पन्त प्रस्तावक र हरिश भाट समर्थक बसेका छन् । पन्त कृष्णपुर इन्चार्ज र भाट बेदकोट नगर अध्यक्ष हुन् ।

संविधान सभा सदस्य रानाको उम्मेदवारीमा बिरेन्द्र बहादुर शाह प्रस्तावक र ज्ञान बहादुर विष्ट समर्थक बसेका छन् । यसैगरी एमाले कृष्णपुर नगर अध्यक्ष प्रस्तावक बसेको सिहको उम्मेदवारीमा भक्तराज जोशी समर्थक बसेका छन् ।

एमालेका निवर्तमान साँसद तेस्रो पटक चुनावी मैदानमा गएका हुन् । २०७४ मा निर्वाचित उनी त्यस अघि २०७० मा पराजित भएका थिए । एमालेका केन्द्रीय सदस्य धामी विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी विद्यार्थी राजनीतिबाट चर्चा कमाएका नेता हुन् ।

एमाले केन्द्रीय सदस्य राना २०७० मा संविधान सभा सदस्य भएका हुन् । २०७० मा एमालेबाट तत्कालिनक क्षेत्र नं. २ मा प्रत्यक्ष सिफारिश भएका उनी पति समानुपातिक बसेका थिए । विद्यार्थी राजनीतिबाट आएका राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिह पहिलो पटक चुनावी मैदानमा गएका छन् । उनी धामीसंगंै प्रतिनिधि सभा सदस्यमा सिफारिश गरिएका थिए । एमालेले उनलाई प्रदेश सभा सदस्यको टिकट दिएको छ ।

ghar sansar
सम्बन्धित
Loading...