महेन्द्रागर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा र प्रदेशमा ३२ उम्मेदवारले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार सबैभन्दा बढी प्रदेश सभा सदस्य क मा १४ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभामा १३ र प्रदेश सभा ख मा सबैभन्दा कम ५ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभामा सत्तारुढ गठबन्धाबाट काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, एमालेबाट निरुदेवी पाल सहितले उम्मेदवारी दिएका छन् । यसैगरी प्रतिनिधि सभामा स्वतन्त्रबाट ५ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुमा अधिकारकर्मी शारदा चन्द सहित दिपक बहादुर सिह, मदन दमाई, सुशिल साउँद र सुभास सिह धामी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्ण लुहार, नेपाल मजदुर किसान पार्टीबाट जानकी गिरी, मौलिक जरो किलोबाट तिलक प्रसाद जोशी, हाम्रो नेपाल पार्टीबाट दुर्गादत्त पाण्डेय, जनमत पार्टीबाट सुशिलादेवी विष्ट र लोकतान्त्रिक समाजवादीबाट अम्बादत्त तिवारीले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिएका स्वतन्त्रमध्ये सिह, चन्द, पाण्डेय र साउँद काँग्रेसका नेता हुन् । सिह काँग्रेसका महाधिवेशन प्रतिनिधि छन् । प्रदेश सभा क मा सबैभन्दा बढी १४ जना उम्मेदवार छन् । उनीहरुमा १० जना स्वतन्त्र उम्मेदवार भएका छन् । प्रदेश सभामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका टिकेन्द्र प्रसाद भट्ट र एमाले राप्रपा गठबन्धनबाट धर्मराज जोशी उम्मेदवार भएका छन् ।
एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्द, काँग्रेसका गोपाल सिह बुडपाल, तेज बहादुर लुहार, दिवान आग्री, पदम सिह खत्री, पिताम्बर जोशी, महादेब भट्ट, राम बहादुर जप्रेल, लोकबिक्रम थापा र सुरेश दमाई स्वतन्त्र उम्मेदवार भएका छन् ।
उनीहरुमा बुडपाल, जोशी, भट्ट र जप्रेल काँग्रेसका कार्यकर्ता हुन् । थापा नेकपा एकीकृत समाजवादीका नेता हुन् । समाजादीबाट प्रकाश रावल र मौलिक जरो किलोबाट मोहन सिह धामीले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा ख मा सत्तारुढ गठबन्धनबाट बेल बहादुर राना सहित एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, काँग्रेस विपीका धन बहादुर शाही र नेपाल मजदुर किसान पार्टीका लक्ष्मण रोकाया सहित स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।
दोधारा चाँदनीका भीम बहादुर कुमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले दोधारा चाँदनीमा स्वतन्त्र समूह बनाएका छन् ।