महेन्द्रनगर । कञ्चनपुर ३ मा काँग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखक चुनावी मैदानमा आएका छन् । अघिल्लो निर्वाचनमा पराजित उनी यस पटक सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएका छन् । उनी यस अघि कञ्चनपुर ३ मा तीन पटक चुनाव लडि सकेका छन् ।
तीन पटक चुनाव लड्दा दुई जितेका उनी २०६४ मा समानुपातिक बसेका थिए । प्रधानमन्त्री शेर बहादुर देउवा चुनाव लडेपछि उनी समानुपातिक बसेका थिए । प्रधानमन्त्री शेर बहादुर देउवाले जितेको तत्कालिनक कञ्चनपुर ४ मा संविधान सभा उप निर्वाचनमा काँग्रेसले गुमाएको थियो ।
अघिल्लो निर्वाचनमा उनी एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए । एमालेमा प्रतिनिधि सभा सदस्य टिकटका लागि साँसद भट्ट पनि सिफारिश गरिएका थिए । एमालेबाट पोलिटब्युरो सदस्य एवम् निवर्तमान साँसद निरुदेवी पाल चुनावी मैदानमा आएकी छन् ।
काँग्रेस कञ्चनपुरको सचिव भएर केन्द्रीय १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएका उनी २०५६, २०७० र २०७४ को निर्वाचन लडि सकेका छन् । उनी २०५१ को मध्यावधि निर्वाचनका आकाँक्षी थिए ।
काँग्रेसले त्यति बेला उनलाई टिकट नदिएर अर्का केन्द्रीय सदस्य एनपी साउँदलाई चुनाव लडाएको थियो । साउँदले काँग्रेसका बागी मान बहादुर सुनार भन्दा कम मत ल्याएपछि उनी निर्वाचन क्षेत्र छाड्न बाध्य भएका थिए । साउँदसित बागी लडेका सुनार पनि काँग्रेस छाडेर माओवादी केन्द्र पुगेका छन् ।
प्रतिनिधि सभाका लागि यस पटक लेखक र प्रेम बहादुर विष्टको नाम सिफारिश गरिएको थियो । विष्ट २०५१ को मध्यावधि निर्वाचन लडेका थिए । उनी काँग्रेसमा अवसर नपाउने नेताका रुपमा परिचित भएका छन् । काँग्रेस सभापति देउवाले यस पटक पनि लेखकलाई चुनाव लड्न टिकट दिएका छन् ।
२०५६ मा निर्वाचित भएपछि लेखकले दुई पटक मन्त्री भएर जिम्मेवारी वहन गरि सकेका छन् । उनी २०५६ देखि २०७४ सम्म १८ वर्षसम्म निरन्तर सत्तामा बसेका छन् । अघिल्लो निर्वाचनमा उनले १८ वर्ष सत्तामा बसेर केही पनि गर्न नसकेको उनीमाथि व्यापक गुनासो देखिएको थियो । त्यसपछि उनी चुनावमा हार्न हार्न बाध्य भएका थिए ।
उनी अहिले फेरि चुनावी मैदानमा निस्किएका छन् । यस पटक उनी अघिल्लो हारलाई जिता बदल्ने लक्ष्य लिएर उम्मेदवार भएका छन् । यस पटक भने उनी आफ्नै विश्वासिला नेता कार्यकर्ताको चुनौतीमा घेरिएका छन् ।
काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह, अधिकारकर्मी शारदा चन्द, पिताम्बर जोशी उनी विरुद्ध चुनावी मैदानमा होमिएका छन् । काँग्रेस छाडेर दोधारा चाँदनीका धन बहादुर शाहीले काँग्रेस विपीबाट उम्मेदवार भएर अर्को चुनौती थपि दिएका छन् ।
एमाले उम्मेदवार निरुदेवी पाल २०७४ मा समानुपातिक साँसद भएकी हुन् । २०६५ मा पहिलो संविधान सभा सदस्य उप निर्वाचन लडेकी उनी अहिले दोस्रो पटक चुनावी मैदानमा आएकी छन् ।
उनी संविधान सभा सदस्य उप निर्वाचनमा दिएका साथ मतदाताबाट फेरि पाउने आशका साथ मैदानमा निस्किएकी छन् । उप निर्वाचनमा पनि २ हजार मत अन्तरले पछाडि परेकी थिइन् । त्यसपछि २०७० र २०७४ मा टिकटका लागि सिफारिश उनी यस पटक एमालेबाट उम्मेदवार भएकी छन् ।
काँग्रेसका लेखक र पाल दुबै पार्टी नेतृत्वसित बलियो सम्बन्ध भएका नेताका रुपमा परिचित छन् । लेखक सभापति देउवा र पाल एमाले अध्यक्ष केपी शर्मा ओलीकी विश्वासपात्र नेता हुन् । उनी एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएर पोलिटब्युरो भएकी छन् । उनले चुनाव जित्नका लागि राप्रपासित चुनावी तालमेल गरेकी छन् ।
काँग्रेसका लेखक सत्तारुढ गठबन्धनको माओवादी र पालले राप्रपाको साथ पाएका छन् । लेखक दुई पटक जितेर समानुपातिक साँसद भएका छन् । पाल एक पटक चुनाव हारेर समानुपातिक साँसद भएकी छिन् । लेखक समानुपातिक बस्दा चुनाव हारेकी पाल र पाल समानुपातिक बस्दा लेखक चुनाव हारेका छन् । अहिले भने उनीहरु दुबै कञ्चनपुर ३ मा प्रत्यक्ष निर्वाचनमा एक अर्काका प्रतिस्पर्धी भएका छन् ।
बैतडी पुख्र्यौलका लेखकको ससुराली डडेल्धुरा र डडेल्धुरा घर भएकी पालको माइती बैतडी हो । त्यस कारण यी दुईले दुबै जिल्लाका मतमा आँखा गाडेका छन् । कञ्चनपुर ३ बाट अहिलेसम्म महिलाले पनि चुनाव जित्न नसकेकाले यस पटक आफूलाई विश्वास गर्ने अपेक्षा गरेकी छन् ।
कञ्चनपुरका अहिलेसम्म भएका सबै निर्वाचनमा माओवादी केन्द्रका निवर्तमान साँसद विना मगर बाहेक सबै पुरुषले जितेका छन् । मगर फेरि दोहोरिने आश लिएर सत्तारुढ गठबन्धनबाट चुनावी मैदानमा आएकी छन् । उनी बाहेक २०४८ यताका सबै निर्वाचनमा पुरुषले मात्रै जितेका छन् ।
२०४८ मा दुईदेखि २०७४ सम्म ठूला दलबाट चुनाव लड्नेमा पाल र मगर मात्रै देखिएका छन् । साँसद मगर पनि २०७० मा हारेर पछि निर्वाचित भएकी थिइन् । एमाले नेता पाल त्यस अघि २०६५ मा संविधान सभा सदस्य उप निर्वाचन लडेर हारेकी थिइन् ।