ghar sansar

टिकट खोसिएका देवीलाल हुन सक्छन् त सत्ता गठबन्धनसित सन्तुष्ट

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका नेता देबीलाल चौधरीको प्रदेश सभा सदस्य टिकट खोेसिएपछि चुनावी माहौल उनीतिर मोडिएको छ । उम्मेदवारको मनोयन दर्ताको अघिल्लो रातिसम्म टिकट पाएका माओवादी केन्द्रीय सदस्य चौधरीको टिकट अर्को दिन विहान खोसिएको थियो ।

माओवादी केन्द्रले केन्द्रीय सदस्य चौधरीलाई प्रदेश सभा सदस्य टिकट नदिएर सुदूरपश्चिम प्रदेश कमिटी सदस्य ओमबिक्रम भाट सरललाई दिएको छ । उनी निर्वाचन क्षेत्र नं. २ का वासिन्दा नभएर २ ख का हुन् । चौधरीको टिकट र्खोिसएपछि भाट प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् ।

ratnam malkhad

टिकट खोसिएपछि असन्तुष्ट भएका चौधरीले उम्मेदवारी दर्ताका दिन विहान आफू नजिक र एमालेका असन्तुष्ट नेता कार्यकर्तासित छलफल गरेका थिए । नागरिक उन्मुक्ति पार्टीले समेत टिकट अफर गरेपछि चौधरी स्वतन्त्र उम्मेदवार हुने अनुमान गरिएको थियो ।

कृष्णपुरमा स्वतन्त्र उम्मेदवार हुने गरी छलफल चलाएका चौधरी झलारीस्थित निर्वाचन अधिकृत कार्यालयमा सत्तारुढ गठबन्धनसित देखिएपछि उनी उम्मेदवार नहुने निश्चित भएको थियो ।

उनले सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार एनपी साउँद र प्रदेश सभा सदस्य उम्मेदवार बहादुर सिह थापालाई छाता ओढाएका थिए । निर्वाचन अधिकृत कार्यालयमा उपस्थित नेताहरुका अनुसार उनी केही समय त्यहाँ रोकिएर फर्किएका थिए ।

‘आउनु भएको थियो, केही समय रोकिएर जानु भयो’ निर्वाचन अधिकृत कार्यालयमा भेटिएका एक नेताले भने,‘वहाँको अनुहारमा टिकट खोसिँदाको निराश प्रष्ट थियो ।’

माओवादीको सशस्त्र जनयुद्ध लडेका र आदिवासी जनजाति चौधरी समुदायको वर्चश्व भएको क्षेत्रबाट चौधरील टिकट पाउने नेता कार्यकर्ताले अन्तिमसम्म आश राखेका थिए । कृष्णपुरका चौधरी शिक्षण पेशा छाडेर माओवादी जनयुद्धमा होमिएका थिए । २०६४ को संविधान सभा सदस्य निर्वाचन जितेका उनी माओवादीका पूर्व कञ्चनपुर इन्चार्ज हुन् ।

सत्ता गठबन्धनबाट काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार साउँदलाई २०६४ को निर्वाचनमा उनले पराजित गरेका थिए । अहिले साउँद माओवादी केन्द्रको सहयोगमा चुनावी मैदानमा पुगेका छन् । अघिल्लो चुनावमा उनी एमालेका निवर्तमान साँसद नर धामीलाई जिताउन लागेका थिए ।

चौधरीको टिकट खोसिएपछि कञ्चनपुर २ मा सत्तारुढ गठबन्धनभित्र असहज अवस्था चिन्ता गर्न थालिएका छन् । चौधरीको टिकट खोसिएपछि आदिवासी जनजाति समुदाय रुष्ट बन्न खतरा बढेको छ ।

नागरिक उन्मुक्ति पार्टीले आदिवासी जनजाति समुदायको मत आकर्षित हुने चिन्ता नेताहरुमा छ । त्यसलाई रोक्न सत्ता गठबन्धनका नेताहरु छलफलको तयारीमा लागेका छन् ।

कञ्चनपुर २ प्रदेश सभा ख मा एमालेबाट आदिवासी जनजाति समुदायका कृपाराम राना उम्मेदवार भएका छन् । उनी एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिश गरिएका हुन् । माओवादी यस पटक चुनावमा आदिवासी समुदायका नेतालाई उम्मेदवार बनाउन पछाडि हटेको छ । चौधरीको टिकट खोसिएपछि जनजाति समुदाय असन्तुष्ट बन्न पुगेको छ ।

माओवादी केन्द्रका नेता अमिन दलित सूर्यले चौधरीको टिकट खोेसेर भाटलाई दिँदा केही गाह्रो नभए पनि सम्बन्धित क्षेत्रको व्यक्तिलाई दिँदा राम्रो हुने बताए । ‘ मतदाता असन्तुष्ट हुने कुरा त हुँदैन, अहिले नागरिक उन्मुक्ति पार्टी जनजाति मनोविज्ञान बढ्दै गएको जस्तो छ’ उनले भने,‘गठबन्धनलाई केही गाह्रो छैन तर यसै परिवेशका मान्छेलाई दिए राम्रो हुने थियो ।’

माओवादी सशस्त्र जनयुद्धमा कृष्णपुरबाट आदिवासी जनजाति समुदायको राना चौधरीका सबैभन्दा बढी नेता कार्यकर्ता सहभागी भएका थिए । माओवादीले जातीयताको नारा अघि सारेर कैलाली कञ्चनपुर सहितको क्षेत्रलाई थारुवान राज्य बनाएको थियो ।

२०६४ र २०७० मा थारु समुदायका नेतालाई उम्मेदवार बनाएको माओवादीले यस टिकट खोसेर असन्तुष्ट बनाएको हो । २०६४ मा चौधरी र २०७० मा दहित चुनाव लडेका थिए । उनी काँग्रेसका साउँदसित पराजित भएका थिए ।

माओवादी केन्द्रका नेता दहितले भने जनयुद्ध र शान्तिपूर्ण राजनीतिका परिवेश फरक हुने भएकाले उम्मेदवारीका आधारमा सबै कुराको मूल्याङ्कन गर्न नसकिने बताए । ‘त्यो जनयुद्धको बेला थियो, अहिले शान्तिपूर्ण परिवेश छ’ उनले भने,‘यो टिकटका कारण धेरै कुराको मूल्याङ्कन गर्न सकिदैन ।’

माओवादी केन्द्रले उम्मेदवार बनाएका भाट पनि माओवादी जनयुद्धबाट आएका हुन् । शिक्षण पेशामा आवद्ध उनका बुवा भूमिगत भएपछि उनी सानैमा माओवादी भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डसित पहुँच भएका उनी प्रदेश सभा सदस्यका लागि दुबै प्रदेशबाट सिफारिश गरिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...