ghar sansar

दोधारा चाँदनीमा वन हेरालुको तालमा डबुेर मृत्यु

khasi

दोधारा । कमलशा सामुदायिक बन दोधारा चाँदनीको बन हेरालु लालु सार्की तालमा डुबेर मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. २ स्थित रहेको कमलशा मध्यवर्ती सामुदायिक दोधारा चाँदनीका बन वर्ष अन्ताजी ६५ का हेरालु लालु सार्की हिजो अपान्ह सामुदायिक बनको रेखदेख गर्ने क्रममा महाकाली नदी नजिक रहेको तालमा डुबेर बेपत्ता भएका थिए ।

dirghayi clinic

बेपत्ता भएका सार्कीको हिजोबाट स्थानियबासी, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको थियो । आज अबेर साँझ स्थानियबासी र सशस्त्र प्रहरीको खोजी टोलीले तालमा सार्कीको शव फेला पारेका हुन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ४ निवासी लालु सार्की बिगत लामो समय देखि कमलशा सामुदायिक बन दोधारा चाँदनीको बन हेरालुमा कार्यरत थिए । सामुदायिक बनमा रेखदेख गर्ने क्रममा उनी तालमा डुबेको स्थानियहरुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...