ghar sansar

चुनाव चिन्ह पाएपछि चुनावी प्रचारमा यसरी जाँदै छन् प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार जोशी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले चुनाव चिन्ह पाएपछि मतदातामा जाने तयारी गरेका छन् । दुई दशकदेखि व्यवसायमा आवद्ध उनी उद्योग बाणिज्य संघमा चुनाव जितेको चार महिनापछि प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा आएका हुन् ।

‘म निजी क्षेत्रको प्रतिनिधित्व गर्दै प्रदेश सभा सदस्य उम्मेदवार भएको छु, मैले जिल्लाका तिनै क्षेत्रको प्रतिनिधित्व गरेको छु’ उनले भने,‘निजी क्षेत्रका थुप्रै समस्या छन्, व्यवसायीका पीडा छन्, ती सबै हल गर्न मलाई जिम्मेवारी दिएर उम्मेदवार बनाएको छ ।’

,orning glory badhai

सुदूरपश्चिम प्रदेशको औद्योगिक क्रान्ति र व्यवसाययिक हक अधिकारका मुद्दा बोकेर आफू चुनावी मैदानमा होमिएको उनी बताउँछन् । उनी औद्योगिक उत्पादन र बेरोजगारीलाई हल गर्ने योजना लिएर चुनावमा उनका भनाई छ ।

‘व्यवसायी पीडा छन्, समस्या छन् भनेर मात्रै कति भन्नु, ईटा भट्टा इटा बिक्री हुन पाको छैन, बैंक ऋण तिर्न समस्या छ, गार्मेन्टसमा टयाकसुट मात्रै सिलेर हुन अवस्था छैन’ उनले भने,‘यी कुरा भनेर केही छैन, आफू नीति निर्माण तहमा पुगेर हल गर्ने योजना सहित जान्छु ।’

काँग्रेसको १४ आंै महाधिवेशन लडेका उनी अहिले काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवार भएका छन् । ‘म राजनीति गर्ने मान्छे होइन, केही अघि काँग्रेसको महाधिवेशन लडे, बाजेको पालादेखि काँग्रेस थियौ, विपीको समाजवाद भन्ने कुरा थाह थियो’ उनले भने,‘अहिले त्यो खाली भन्ने कुरा मात्रै रहेछ, विपीको समाजवाद त जनता खुसी पार्ने भन्ने थियो, अहिले त्यो कार्यकर्ता पनि खुसी पार्न नसक्ने अवस्थामा छ, त्यस कारण त्यहाँ बस्न भन्दा स्वतन्त्र भएर लड्न लागेको हँु ।’

dirghayi clinic

औद्योगिक क्रान्तिको प्रमुख एजेण्डा लिएर मतदातासम्म जाने सोच बनाएका उनले निर्वाचन क्षेत्रका सबै वासिन्दासम्म घोषणा पत्र पुगाउने योजनामा छन् । भीमदत्त नगरपालिका १२ र बेदकोट नगरपालिकाको एक वडा गरी १३ वडा यस निर्वाचन क्षेत्रमा छन् । अहिले उनका आफन्त र नातेदार आन्तरिक रुपमा प्रचारमा लागि सकेका छन् ।

‘चुनाव चिन्ह पाएपछि सचिवलाय गठन भएर निर्वाचन क्षेत्रका सबै मतदातासम्म घोषणा पत्र पुगाउँछु’ उनले भने,‘दुई तीन दिनभित्र घोषणा पत्र तयार हुन्छ ।’

प्रदेश सभा सदस्य उम्मेदवार जोशीले सुदूरपश्चिममा घाँसबाट करोडौ उत्पादन गर्न सकिने बताए । सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने कुचो बनाउन प्रयोग हुने घाँस बेचेर करोडौ कमाउन सकिने बताउँछन् ।

‘पहाडमा त्यो घाँस लगाएर मात्रै कुचोका लागि बाहिर पठाउनु सकियो भने करोडौ आम्दानी हुन्छ, त्यस बाहेक चिउरा, रिठा बेचेर पनि कमाउन सकिन्छ’ उनले भने,‘यसका लागि नीति चाहिन्छ, यसले आयात मात्रै नभएर निर्यात पनि भएर अर्थतन्त्र आफैं बलियो हुन्छ ।’

बेलौरी नगरपालिकामा उद्योग धन्दा सञ्चालनमा आएपछि स्थानीय वासिन्दाको आम्दानी एक अर्ब भन्दा बढी पुगेको जोशीले बताए । ‘घर घरमा मोटरसाइकल नहुने कोही छैनन्, वार्षिक ६÷७ लाख एक परिवारले कमाउँछ, यो सब उद्योगबाट भएको हो’ उनले भने,‘यता पनि दोधारा चाँदनीको परबल खेतीलाई काठमाडांै पठाउन सकिन्छ, अनि उखु खेती गरी किसानलाई कमाउने बनाउन सकिन्छ ।’

दोधारा चाँदनीमा उखु खेतीका लागि आफूले उप मेयरसित छलफल गरी उखु मिलसित सम्पर्क गर्ने कार्य अघि बढेको बताए ।

उनले आफू प्रदेश सभा सदस्य निर्वाचित भएपछि प्रदेशका सबै स्रोत साधन परिचालन गरी अघि बढ्ने बताए । ‘म एक पटक गएर केही गर्ने सोचमा छु, त्यहाँ फेरि जाने छैन, त्यस कारण जनताले मलाई अहिले मौका दिने छन् भन्नेमा विश्वस्त छु’ उनले भने,‘जति मतले भए पनि जित मेरै हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...