ghar sansar

कञ्चनपुर ३ : यस पटक रुखमा पुतली नाच्छ कि खुकरीले काट्छ

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार केन्द्रीय सदस्य रमेश लेखक विरुद्ध चुनावी मैदानमा आएका दुई नेताले चुनाव चिन्ह पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक बहादुर सिहलाई पुतली र अधिकारकर्मी शारदा चन्दलाई क्रस खुकुरी चुनाव चिन्ह दिएको हो । उनीहरु दुबै काँग्रेसको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका नेता हुन् ।

lotus institite

महाधिवेशन प्रतिनिधि चन्द काँग्रेस छाडेर चुनावी मैदानमा आएकी छन् । उनले केही महिना अघि प्रधानमन्त्री शेर बहादुर देउवालाई राजीनामा पठाएकी थिइन् । काँग्रेस नेता रमेश लेखकसित मतभेद बढेपछि चन्द पार्टी छाडेर स्वतन्त्र भएकी थिइन् ।

daimond public

प्रतिनिधि सभा सदस्यका अर्का उम्मेदवार सिह भने काँग्रेसका महाधिवेशन प्रतिनिधि छन् । सिहको उम्मेदवारी फिर्ता गराउन अन्तिमसम्म प्रयास गरिएको थियो । काँग्रेस नेताहरुका अनुसार सिह उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयसम्म गएका थिए ।

काँग्रेसका उम्मेदवारले सिहको उम्मेदवारी फिर्ताका लाागि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरालाई जिम्मेवारी दिएका थिए । उम्मेदवारी दर्ता भएपछि बोहरालाई उनलाई मनाउन सक्रिय भएर लागेका थिए । काँग्रेस छाडेका कारण चन्दसित भने उम्मेदवारी फिर्ताका लागि पहल गरिएको छैन ।

उम्मेदवारी फिर्ता नभएपछि काँग्रेसका उम्मेदवार लेखक आफ्नै सहयोगीसित प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् । चौपो पटक चुनाव लड्न लागेका लेखकलाई पहिलो पटक आफनै सहयोगीसित प्रतिस्पर्धा गर्न पर्ने अवस्था देखिएको हो ।

लेखक २०५६ र २०७० मा दुई पटक निर्वाचित भएका छन् । २०६४ मा समानुपातिक साँसद बनेका उनी २०७४ एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...