ghar sansar

सत्तामा शक्तिशाली भएर पनि सत्ता गठबन्धनको साथ नपाएर चुनावी मैदानमा होमिएका अर्थमन्त्री रावल

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल चुनावी मैदानमा होमिएका छन् । सत्ता गठबन्धनबाट प्रदेश सदस्य उम्मेदवार हुने आशमा बसेका उनी अन्तिममा माओवादीका पूर्व सभासद् टेकेन्द्र भट्टलाई उम्मेदवार बनाएपछि उनी सत्ता गठबन्धनका उम्मेदवार हुन असमर्थ भएका छन् ।

मन्त्री रावल उम्मेदवार हुने अवस्था नआएपछि सत्ता गठबन्धनबाट समाजवादी बाहिर आएर एक्लै चुनावी मैदानमा आएको छ । समाजवादीले कञ्चनपुर ३ क बाट रावल र निर्वाचन क्षेत्र नं. २ ख बाट पूर्व मन्त्री लाल बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । एमाले छाडेका उनीहरु दुबै २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी यस पटक पनि गठबन्धनबाट उम्मेदवार भएर सहज रुपमा प्रदेश साँसद जित्ने सपना देखेका थिए ।

अघिल्लो निर्वाचनमा उनीसित पराजित काँग्रेसका यज्ञराज जोशी समानुपातिक बन्द सूचीमा परेपछि प्रदेश सभा क मा रावल र ख माओवादी केन्द्रका मान बहादुर सुनारको उम्मेदवारी लगभग निश्चित भएको बाहिर प्रचार गरिएको थियो । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक पनि उनीहरु दुबैमा सकारात्मक भएको बाहिर आएको थियो ।

समाजवादीबाट प्रदेश सभा सदस्यमा सिफारिश लोकबिक्रम थापाले काठमाडौं गएर लबिङ्ग गर्न थालेपछि रावल केही दबावमा परे पनि माओवादीका नेता भट्टले गोप्य रुपमा अघि सारेका लबिङ्गमा उनी अनविज्ञ थिए । आफ्नो क्षेत्र छाडेर आएका भट्टलाई गठबन्धनबाट टिकट दिन नमिल्ने उनको आशंका थियो । त्यस बाहेक उनी माओवादी नेता भट्टको टिकटका लागि हुने लबिङ्गबारे मन्त्री रावल झन बेखबर भएका थिए ।

सत्ता गठबन्धनको टिकटका लागि रावलले प्रतिस्पर्धी ठानेका थापा पार्टी छाडेर उनको क्षेत्रमा उम्मेदवार भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नसोचेका भट्ट उनीसित चुनावी प्रतिस्पर्धामा आएका छन् ।

काँग्रेस नेताहरुका प्रदेश सभा सदस्यका रावललाई टिकट दिने सहमतिमा अन्तिम आएर काँग्रेसका जिल्ला सभापति पदम बोगटी सहितका नेताका कारण भाँडिन पुगेको हो । भीमदत्त नगरपालिकाका मेयर समेत भएका बोगटीले र अर्का भीमदत्तका वडा अध्यक्ष रावललाई उम्मेदवार नबनाउन प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकलाई दबाव दिएपछि उनी पछि हटेको नेताहरुको भनाई छ ।

उनीहरुले प्रतिनिधि सभाका सदस्यका दुबै क्षेत्र अरु दललाई दिएपछि चुनाव हार्ने तथ्य प्रस्तुत गरेपछि लेखकले अन्तिममा निर्णय फेरेका हुन् । माओवादी केन्द्रलाई दिएपछि प्रदेश सभा ख काँग्रेसले पाएको छ । प्रदेश सभा सदस्यमा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट आफैं उम्मेदवार भएपछि काँग्रेस नेताहरु सबैभन्दा बढी डराएका हुन् ।

एमालेबाट २०७४ मा जिल्ला कमिटी सदस्यको हैसियतमा लडेका उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मन्त्री भएका छन् । समाजवादीका केन्द्रीय सदस्य र कञ्चनपुर सह इन्चार्ज भएका उनी पाँच वर्ष अघिको तुलनामा शक्तिशाली भएका छन् ।

सत्ता  र पार्टी दुबैमा शक्तिशाली भएर उनी यस पटक सत्ता कमजोर उम्मेदवारका रुपमा मैदानमा होमिन पुगेका छन् । कुटनीतिमा कमजोरका खेलाडीका रुपमा चिनिने उनी अहिले पाँच वर्ष अघिका सबै अधिकाँश नेता कार्यकर्ता गुमाएर चुनावी मैदानमा जान बाध्य भएका छन् ।

एमाले छाडेर समाजवादी भएर ठूलो पार्टीको साथ समर्थन गुमाएका उनलाई बागीले यस पटक पनि पछ्याएका छन् । पाँच वर्ष अघि एमाले जिल्ला कमिटी सदस्य कर्ण बहादुर चन्दले उनी विरुद्ध उम्मेदवारी दिएका थिए । बाख्रो चुनाव चिन्ह पाएका चन्दले पछि उम्मेदवार नभएको भन्दै विज्ञप्ति निकालेका थिए । अहिले पनि चन्द स्वतन्त्र उम्मेदवार भएर फिर्ता लिएका छन् । मन्त्री रावल विरुद्ध भने उनका नेता थापा स्वतन्त्र उम्मेदवार भएर मैदानमा गएका छन् ।

एमालेमा उनलाई भीम रावलका विश्वासिला नेताका रुपमा हेरिने गरिएको थियो । अछाम पुख्र्यौलीका उनी नातामा एमाले नेता रावलका भाई पर्छन् । दाई भाई नाताका कारण एमाले विभाजनका बेला उनी समाजवादी नजाने आँकलन गरिएको थियो । एमाले विभाजनका बेला समाजवादी नजाने मनस्थिति बनाएर पार्टी कार्यालय आएका उनी एकाएक समाजवादी गएका थिए ।

समाजवादी गएपछि उनी आर्थिक मामिला मन्त्री भएका हुन् । समाजवादीले तत्कालिन मन्त्री तारालामा तामाङ्गलाई फिर्ता गरी उनलाई मन्त्री बनाएको थियो । नेकपा नेतृत्वको सरकारमा राज्य मन्त्री हुँदा जनज्योति क्याम्पसमा शेयर विवाद मुछिएर राजीनामा दिएका थिए । समाजवादी भएपछि उनलाई मन्त्री हुने बाटो खुलेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मन्त्री भएपछि रावल जनता र पार्टी दुबैमा शक्तिशाली भएर निस्किएका हुन् । उनले आफू अर्थमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा माग अनुसारको बजेट हालि दिएका छन् । त्यसका आधारमा उनी अहिले मतदातासित भोट मागेर चुनाव जित्ने आशमा अघि बढेका छन् ।

‘पाँच वर्षे कार्यकालमा स्वास्थ्य, सिचाई, शिक्षा, सडक, कृषि, खेलकुद लगायतको क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेका छन् भने धेरै विकासका योजनाहरुको शिलान्यास समेत गरिएका छन्’ उनले भने, ‘मैले आफ्नो ५ वर्षे कार्यकालमा गरिएका कामका आधारमा जनतामा फेरि गएको छु ।’

कञ्चनपुर ३ क मा काँग्रेस र एमाले दुबै दलका उम्मेदवार नभएर गठबन्धनका छन् । काँग्रेस माओवादी गठबन्धनबाट भट्ट र एमाले राप्रपा गठबन्धनबाट राप्रपाका धर्मराज जोशी उम्मेदवार छन् ।

प्रदेश सभा सदस्यका १४ मध्ये दुई स्वतन्त्र उम्मेदवारले फिर्ता लिएका छन् । अब ९ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । दुबै गठबन्धनका सहित स्वतन्त्र उम्मेदवार मन्त्री रावलको प्रतिस्पर्धी देखिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...