ह्विल चेयरबाट विश्व यात्राका लागि निस्किएका रम्तेललाई बदेकोटमा पनि स्वागत, मेयर बोहराले लगाए खादा

महेन्द्रनगर । ह्वील चेयरको सहारामा विश्व यात्रामा हिँडेका एक यात्रीलाई वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले स्वागत गरेका छन् ।

मेची देखि महाकाली पुगेका विश्व ह्वील चियर यात्री सन्देश रम्तेललाई वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले खादा लगाएर स्वागत गरेका छन् । बुधबार वेदकोट नगरपालिकाको परिसरमा उनलाई स्वागत गरी नगर प्रमुख बोहराले यो एक महत्वपूर्ण कार्य भन्दै प्रशंसा गरेका छन् ।

deepak

ईलामका सन्देश रम्तेल अपांगता भएका व्यक्ति हुन् । उनी विश्वको १ सय भन्दा बढी देश यात्रा गर्ने लक्ष्य लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीको पुगेका हुन् ।

ह्वील चियरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै विश्व यात्रामा उनि निस्केका छन् । खेम जंग राना उनको सहयोगी रहेका छन् । अपांगता भएका व्यक्ति पनि यो संसार धेरै कुरा गर्न सक्छ भन्ने समेत संदेश दिन समेत उनले यात्रा सुरु गरेका बताए ।

कार्यक्रममा वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्ष , कार्यपालिका सदस्य लगायत सुरक्षाकर्मी सहभागी भएका छन् ।

 

सम्बन्धित
Loading...