ghar sansar

दोधारा चाँदनीमा सत्ता गठबन्धनका उम्मेदवार लेखक र राज्यमन्त्री सुनारबीच भेटघाट, निर्वाचनमा सहयोग गर्न लेखकको आग्रह

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री मान बहादुर सुनारसित भेटघाट गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका बाबाथानस्थित सुनार निवासमा लेखकले राज्यमन्त्री सुनारलाई भेटघाट गरी निर्वाचनमा सहयोगका लागि आग्रह गरेका छन् ।

mantra hos123

सत्तारुढ गठबन्धनमा कञ्चनपुर ३ ख मा प्रदेश सभा सदस्यका प्रचार गरिएका सुनार अन्तिमबाट टिकट नपाएपछि उम्मेदवार हुन नपाएपछि असन्तुष्ट भएका छन् ।

काँग्रेस नेता गोपाल गुरुङ्गका अनुसार लेखक र सुनारबीच निर्वाचन सम्बन्धी छलफल भएपछि उनले सहयोगका लागि आग्रह गरेका छन् । नेता गुरुङ्गले आफ्नो फेसबुकमा दुई नेताबीच सम्बन्ध नविकरण भएको पनि उल्लेख गरेका छन् ।

काँग्रेस नेता सुनारले २०६४ मा काँग्रेस छाडेपछि लेखक र उनको दुरी बढेको थियो । त्यस अघि भने लेखक र सुनार एक अर्काका सहयोगी र विश्वासिला नेताका रुपमा चिनिएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा लेखक, सुनार र एनपी साउँद टिकटका आकाँक्षी थिए । साउँदले टिकट पाएपछि सुनार उनी विरुद्ध बागी चुनाव लडेका थिए । त्यसपछि काँग्रेसमा कमजोर भएका सुनार माओवादी केन्द्र प्रवेश गरी २०७४ मा प्रदेश सभा सदस्य चुनाव लडेका थिए ।

अहिले फेरि उम्मेदवार हुने सुनारको आशमा काँग्रेसका उम्मेदवार बेल बहादुर राना वाधक भएका छन् । राना उनीसित अघिल्लो निर्वाचन हारेका थिए ।

Himal dental
सम्बन्धित
Loading...