ghar sansar

स्वतन्त्र उम्मेदवार सिहले उल्टाखामबाट स्थाले चुनावी घरदैलो, मत माग्दै खेतबारीसम्म पुगे, धान पनि काटे

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले चुनावी घरदैलोमा सुरु गरेका छन् । भीमदत्त नगरपालिका २ उल्टाखामबाट घरदैलो सुरु गरेका उनी पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा गएका छन् ।

घरदैलो अभियानका क्रममा उनले खेतबारीमा गएर स्थानीयलाई धानबाली काट्न सहयोग गरेका छन् । खेतबारी एक्लै धान काट्न लागेको देखेपछि उनी आफैैले धान काटि दिएका छन् । उम्मेदवार सिहले धान काटेका तस्बिर फेसबुकबाट सार्वजनिक भएका छन् ।

,orning glory badhai

dirghayi clinic

‘एक्लै धान काटि रहेको देखेपछि मैले सघाएको हो’ उनले भने,‘छाडा चौपायाको ठूलो समस्या भएको देखे, त्यसका लागि खासै पहल गरिएको पाइएन ।’

किसानले धानबाली काट्ने बेलामा चुनाव आएपछि नेताहरु भेटघाटका लागि बारीमा पुग्न थालेका छन् । काँग्रेसको १४ औ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि भएका उनी यस पटक कञ्चनपुर ३ मा स्वतन्त्र उम्मेदवार भएका छन् ।

२०४९ देखि काँग्रेसमा आवद्ध उनी काँग्रेसबाट टिकटका लागि कञ्चनपुर ३ क बाट सिफारिश गरिएका थिए । काँग्रेसले आकाँक्षीसित छलफल नगरी माओवादी केन्द्रका उम्मेदवार भएपछि उनी प्रतिनिधि सभामा काँग्रेसका बागी उम्मेदवार भएका हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...