ghar sansar

दोधारा चाँदनीमा प्रचण्ड चण्डी समाजको रामलिला सुरु, मेयर लिम्बुले गरे उद्घाटन

dirghayu ad

दोधारा । आदर्श समाज निमार्णको लागि दोधारा चाँदनी नगरपालिका ३ देबीस्थानमा शुक्रबारदेखि रामलिला सञ्चालनमा आएको छ । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले रामलिला उघाटन गरेका छन् ।
दशैं र दिपावलीको पावन असरमा भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखला सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका ३ का वडाध्यक्ष हरि सिंह धनाडीले जानकारी दिएका छन् ।

प्रचण्ड चण्डीका समाज बिकास नेपालको आयोजनामा देबिस्थानमा रामलिला संचालन भएको हो । भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखलाको समउद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए ।

ratnam malkhad

प्रचण्ड चण्डी रामलिला ब्यवस्थापन समितिको संयोजक अमृता शाहीको सभापित्वमा संचालन भएको रामलिलामा दोधारा चाँदनीका नगर प्रबक्ता ओंम बस्नेत, वडाध्यक्ष, पुर्व माननिय ईन्द्र बहादुर खत्री, भानु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्द, नेकपा एमाले दोधारा चाँदनीमा नगर ईन्चार्ज राजिव खड्का, नेपाली काग्रेंस कञ्चनपुरका सह–सचिव नाफु सिंह सा“उद, अधिकारकर्मी खिमा चन्द, दोधारा चाँदनीमा पुर्व उपमेयर चिनी ओझा गिरी लगायत सहभागी भएका छन् ।

दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बुले भगवान रामको जिवनीमा आधारित रात्रीकालिन रामलिला नाट्य श्रंखलाको उद्धघाटन गरेका हुन् । देबिस्थानको पुरानो भन्सार कार्यालयको मैदानमा संचालन भएको रामलिला नाट्य श्रंखलाले साँस्कृतिक, धार्मिक, सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा बताईएको छ् ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डो¥याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग प्रचण्ड चण्डी रामलिला व्यवस्थापन समितिको संयोजक अमृता शाही सा“उदले बताएका छन् ।

रामलिलाको निर्देशन भिमराज पन्तले गरेका छन् । दोधारा चाँदनी नगरपालिका ७ लक्ष्मी माध्यमिक बिद्यालयमा सञ्चालन क्रममा रहेको आदर्श रामलिला नाट्य श्रंखला संचालन क्रममा छ ।

Himal dental
सम्बन्धित
Loading...