ghar sansar

निर्वाचन आचार सँहिता मिच्दै माओवादी सम्बद्ध पत्रकार सत्ता गठबन्धनको चुनावी प्रचारमा परिचालन

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र पत्रकारहरुको संगठन प्रेस सेन्टर कञ्चनपुरले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा सत्ता गठबन्धन काँग्रेस माओवादीका उम्मेदवारको प्रचारप्रसारका लागि तीन ओटै निर्वाचन क्षेत्रमा सदस्यहरुलाई जिम्मेवारी दिएको छ । निर्वाचन आयोगको पत्रकारलाई दलीय प्रचार आवद्ध हुनु नपर्ने आचार सँहिता विपरित संगठनको बैठकले गठबन्धनका उम्मेदवारको जिम्मेवारी दिएको हो ।

संगठनका अध्यक्ष अरुण भट्टको अध्यक्षतामा शुक्रबार महेन्द्रनगरमा बसेको बैठकले सम्पूर्ण सूचना तथा जानकारी आम जनसमुदायसम्म विभिन्न आमसञ्चारका माध्यम प्रयोग गरी पुगाउने, उम्मेदवार र जनताबीच सुमधुर सम्बन्ध बनाउन विभिन्न योजना सहित लाग्ने सहितका निर्णय गरिएका छन् ।

lotus institite

बैठकमा प्रेस सेन्टरका केन्द्रीय सचिव राजेन्द्र अवस्थी प्रमुख अतिथि थिए । निर्वाचनमा केन्द्रीय पदाधिकारी तथा प्रदेशका पदाधिकारीहरुलाई समेत आफ्नो निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको छ । बैठकमा केन्द्रीय सदस्य मदन राज जोशी, श्वयता भट्ट लगायतका पदाधिकारीहरु सहभागी भएका छन् ।

बैठकले जिल्ला अध्यक्षको संयोजकत्वमा रहनेगरी कञ्चनपुर क्षेत्र नं एकका लागि जिल्ला कार्यसमितिका धर्मराज कठायत, लाल बहादुर एस्के, पुष्कर भट्ट, उमेश सिंह धामी र कल्पना चौधरीलाई जिम्मेवारी दिइएको छ ।

daimond public

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा भाष्कर केसी, मनिषा जोशी, खडक कोली, प्रेम राज भट्ट, पदमराज पन्त र सरस्वती भट्टलाई जिम्मेवारी दिइएको छ । निर्वाचन क्षेत्र नं ३ मा सेन्टरका जिल्ला कार्यसमितिका डम्मर दत्त भट्ट, विकास महता, सुवर्ण जोशी, मदन नेपाली, वीर सिंह ऐर, धनबहादुर धामी, मनोज लेखक र रोशन नेपाली लागि जिम्मेवारी दिइएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर जिल्लाको क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेतृ विना मगर, निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस नेता एन पी साउद, र निर्वाचन क्षेत्र नम्बर ३ मा रमेश लेखक उम्मेदवार रहेका छन् ।

मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भन्दा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पछिल्ला निर्वाचनहरूको आँकडाअनुसार बलिया देखिएका छन् । गठबन्धनका तर्फबाट प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता बन्धु राना र ख मा कांग्रेस नेता दिवान सिंह विष्ट उम्मेदवार रहेका छन् ।

त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रको क मा माओवादी नेता ओमविक्रम भाट र ख निर्वाचन क्षेत्र अन्तर्गत कांग्रेस नेता बहादुर थापा उम्मेदवार रहेका छन् ।

निर्वाचन क्षेत्र नं ३ को क मा ओवादी नेता टेकेन्द्र भट्ट र ख निर्वाचन क्षेत्रमा कङ्ग्रेस नेता बेल बहादुर राना उम्मेदवार रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...