ghar sansar

कञ्चनपुरमा समाजवादी : सत्ता गठबन्धनबाट लखेटिन बाध्य, बागीले झन बर्बाद

महेन्द्रनगर । सत्ता गठबन्धनबाट अपमानजनक बर्हिगमन गरिएको सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि आन्तरिक समस्यामा फसेको छ । स्थानीय तह निर्वाचनपछि नेता कार्यकर्ता गुमाउन थालेको समाजवादीका प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनसम्म बागी उम्मेदवारसम्म चुनावी मैदानमा होमिएका छन् ।

समाजवादीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल र २ ख मा पूर्व सामाजिक विकास मन्त्री ला बहादुर खड्का प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । प्रतिनिधि सभाका तीन सीटमा समाजवादीका उम्मेदवार शुन्य छन् ।

mahostaw

कञ्चनपुर ३ मा समाजवादीका प्रदेश सभा सदस्य उम्मेदवार रावल विरुद्ध अर्का नेता लोकबिक्रम थापा बागी भएका छन् । प्रदेश सभा ३ क बाट रावल, थापा र हरक सिह धामी टिकटका लागि सिफारिश गरिएका थिए । टिकट नपाएपछि थापा बागी भएका छन् ।

प्रदेश सभा सदस्य उम्मेदवार रावल समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज हुन् । उनी २०७४ मा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । अर्का प्रदेश सभा सदस्य उम्मेदवार खड्का समाजवादीका जिल्ला इन्चार्ज हुन् । प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएका उनी प्रदेश सभामा झरेर चुनावी मैदानमा आएका छन् ।

प्रदेश सभा ३ क मा रावल विरुद्ध उम्मेदवारी दिएका थापाले पार्टीबाट राजीनामा दिइ सकेका छन् । उनी ऐठपुरमा सम्पर्क कार्यालय खोलेर चुनावी प्रचारमा गएका छन् । ‘पार्टीमा बसेर मूल्याङ्कन नभएपछि त्यहाँ बस्नुको कुनै औचित्य छैन, त्यसैले स्वतन्त्र भएर चुनाव लडेको छु’ उनले भने,‘अहिलेसम्म पार्टीमा पुगाएको योगदानको जनताले मूल्याङ्कन गर्ने आशा राखेका छन् ।’

माओवादी केन्द्रले ३ क मा टेकेन्द्र प्रसाद भट्टका लागि अडान लिएपछि काँग्रेस र माओवादीले समाजवादीलाई गठबन्धनबाट बाहिर राखेका हुन् । अन्तिमसम्म गठबन्धन हुने आशमा बसेको समाजवादी उम्मेदवारी दर्ताको अघिल्लो दिनदेखि मात्रै उम्मेदवार हुने निर्णयमा पुगेको थियो ।

प्रतिनिधि सभा र प्रदेशका ९ सीटमा समाजवादीका दुई उम्मेदवार चुनावी मैदानमा छन् । ती दुई बाहेक अन्य सात सीटमा समाजवादीको भूमिकालाई लिएर विभिन्न कोणबाट छलफल हुन थालेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा समाजवादीले एमालेका बागी उम्मेदवारलाई समर्थन दिने हल्ला बाहिर आएका छन् । यो निर्वाचन समाजवादीका अध्यक्ष जीवनराज थापाको क्षेत्र हो । प्रतिनिधि सभा सदस्य टिकटका लागि सिफारिश उनी अन्तिममा प्रदेश सभा टिकट पाउने आशमा थिए । गठबन्धनमा भाग नपरेपछि उम्मेदवारी समेत नदिई सबै क्षेत्र उम्मेदवारी विहीन भएका छन् ।

समाजवादीको औपचारिक निर्णय बाहिर नआएपछि अध्यक्ष थापाले बागी उम्मेदवारलाई सहयोग गर्ने संकेत दिएका छन् । समाजवादी अहिलेसम्म सत्ता गठबन्धन बैठकमा सहभागी समेत भएको छैन । एमाले उम्मेदवार तारालामा तामाङ्ग विरुद्ध खेम सुवेदी बागी उम्मेदवार भएका छन् । उनी माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा गएका छन् ।

एमालेका उम्मेदवार तामाङ्ग समाजवादी छाडेर एमाले आएका कारण उनलाई सहयोग गर्न हच्किएको स्रोतको दावी छ । एमाले छाड्न अघि भने अध्यक्ष र थापा उपाध्यक्ष थिए । एमाले विभाजनपछि उनीहरु दुबै जना समाजवादी भएका थिए ।

स्थानीय तह निर्वाचनमा समाजवादीले जिल्ला उपाध्यक्ष रविन्द्र कुँबर सहितका नेतालाई गुमाएको थियो । अहिले चुनावसम्म समाजवादीका तामाङ्ग सहित धेरै नेता एमाले फर्कि सकेका छन् । समाजवादीका सुदूरपश्चिम प्रदेश बिक्रम बहादुर शाही नै एमाले फर्किएका छन् ।

‘जुन साहसले समाजवादी बनेको थियो, जे लक्ष्य उद्देश्य राखिएको थियो, त्यहाँ त्यस्तो केही पनि छैन, सत्ता बाहेक अरुको मतलब नै रहनेछ’ कञ्चनपुरर ३ क प्रदेश सभा सदस्य उम्मेदवार थापाले भने,‘त्यस्तोमा बस्न भन्दा स्वतन्त्र भएर लड्न ठिक लागेको हो ।’

समाजवादीका प्रदेश सभा सदस्य उम्मेदवार रावलसित केही नेता कार्यकर्ता देखिएका छन् । आर्थिक मन्त्री भएका कारण उनीसित देखिएका ती नेता कार्यकर्ता मन्त्री सकिएपछि देखिन छाड्ने नेताहरु बताउँछन् । ‘मन्त्री सकिएको दोस्रो दिनदेखि न नेत बच्छ, न कार्यकर्ता बच्ने हुन्’ समजावादीका एक नेताले भने,‘सत्तामा पुगेका एकाध मान्छे बाँकी रहन सक्छन् ।’

कञ्चनपुरमा सत्ता गठबन्धनमा स्थानीय तह निर्वाचनदेखि सम्बन्ध बिग्रन थालेको थियो । स्थानीय तह निर्वाचनमा काँग्रेसले समाजवादी र माओवादी दुबैलाई अस्वीकार गरी एक्लै चुनाव लडेको थियो । काँग्रेसले एक्लै चुनाव लडेपछि माओवादी र समाजवादी चुनावी तालमेल गरी चुनाव लडेका थिए ।

समाजवादीले भीमदत्त, बेदकोट, कृष्णपुर र पुनर्वास नगरपालिकाका प्रमुखमा उम्मेदवार बनाएको थियो । समाजवादीको भगमा परेको दोधारा चाँदनीमा उम्मेदवार नपाएपछि माओवादी केन्द्रले मेयर लडाएको थियो ।

अघिल्लो निर्वाचनमा जितेका जीवनराज थापा आफैं पुनर्वासको मेयरमा पराजित भएका थिए । बेदकोट, भीमदत्त र कृष्णपुरमा निराशाजनक नतिजा आएको थियो । भीमदत्तमा धरौटी जफत भएपछि निर्वाचन परिचालक समितिका संयोजक खेम भण्डारीले पार्टीबाट राजीनामा दिएका थिए ।

स्थानीय तह निर्वाचनमा लडेकामध्ये बेदकोटका रामचन्द्र रेग्मी र कृष्णपुरका सुरेन्द्र बम एमाले फर्किएका छन् । रेग्मी एमालेको चुनावी परिचालन समितिमा सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...