ghar sansar

दिपक सिहको उम्मेदवारी रोक्न रुवावासी गर्नसम्म पुगे छन् दोधारा चाँदनीका निवर्तमान मेयर सुनार

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले चुनाव लडेर काँग्रेस महाधिवेशन प्रतिनिधि गुमाएका छन् ।

काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह सहित उम्मेदवार भएका सबै नेता काँग्रेसको कारवाहीमा परेका छन् । त्यसमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिह र अधिकारकर्मी शारदा चन्द सहितका नेता छन् । उनीहरु दुबै कञ्चनपुर ३ मा काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक विरुद्ध बागी बनेका छन् । उनीहरु दुबैको उम्मेदवारी फिर्ता गराउन अन्तिमसम्म प्रयास गरिएको थियो । प्रधानमन्त्री शेर बहादुर देउवा सहितका शीर्ष नेताले उम्मेदवारी फिर्ताका लागि आग्रह गरेका थिए ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिहका अनुसार उम्मेदवारी दर्तापछि नेताहरुले फिर्ताका लागि आफूसित प्रयास गरेका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको अन्तिम दिन उनीसित सबैभन्दा बढी प्रयास गरिएको थियो ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक, दोधारा चाँदनी नगरपालिकाका निवर्तमान मेयर बीर बहादुर सुनार, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी लगायतका नेता सबैभन्दा बढी सक्रिय देखिएका हुन् । काँग्रेस केन्द्रीय सदस्य लेखक आफैंले पनि सिहसित सात घण्टासम्म छलफल गरेका छन् ।

उम्मेदवार सिहले अन्यसित भएका छलफल बाहेक दुई जना नेता देखेर आफू भावुक भएको बताए । दोधारा चाँदनी नगरपालिकाका मेयर बीर बहादुर सुनार र भीमदत्तका उप मेयर जोशी दुबैको अवस्था देखेर उनी भावुक बनेका हुन् ।

उम्मेदवारी फिर्ताका लागि छलफलका क्रममा उप मेयर जोशी बेहोस हुन पुगेकी थिइन् । उनलाई सिहका समर्थकले तत्काल महाकाली प्रादेशिक अस्पताल पुगाएका थिए । ‘कुराकानी हुँदा हुँदै वहाँ एक्कासी बेहोस भएर ढली हाल्नु भयो, त्यसपछि हामीले उपचारक लाागि लग्यौ’ सिहका एक कायर्यकर्ताले भने ।

दोधारा चाँदनीका निवर्तमान सुनार उम्मेदवारी फिर्ताका लागि आग्रह गरी रुनु पुगेका छन् । काँग्रेसका महाधिवेशन प्रतिनिधि सुनार २०७४ को निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । ‘कुरा हुँदै थियो, वहाँ त एक्कासी रुनु भयो, त्यति बुढो मान्छे रोएपछि म भावुक भए, केही बोल्न सकिएन’ सिहले भने,‘यो कुरा त मलाई निकै नराम्रो लाग्यो ।’

उम्मेदवारी फिर्ताका लागि दिन सिहलाई विहानैदेखि काँग्रेस नेताले फिर्ताका लागि आग्रह गरेका थिए । उनले पनि काँग्रेस नेतालाई उम्मेदवारी फिर्ता गर्ने आश देखाएका थिए । त्यहीं कारण बजारमा सिहले उम्मेदवारी फिर्ता लिएको हल्ला फैलिएको थियो ।

‘काँग्रेसमा एकै मान्छे पटक पटक चुनाव लड्दैछ, पार्टीले पनि किन लडाउँदैछ, त्यो सोच्नु पर्छ, म त्यस विरुद्ध लडेको हुँ’ उनले भने,‘म स्वयम् आफैंले चुना लड्ने निर्णय गरेको हो, मेरो उम्मेदवारी सिण्डीकेट विरुद्ध नै हो, त्यसैले फिर्ता हुने कुरै थिएन ।’

पञ्चायतकालदेखि काँग्रेसका सहयोगी उनी बहुदल पुनःस्थापना भएपछि २०४९ देखि काँग्रेस राजनीतिमा सक्रिय छन् । काँग्रेसको १४ महाधिवेशनबाट निर्वाचित भएका उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएका थिए ।

सत्ता गठबन्धनबाट आकाँक्षी उम्मेदवारसित छलफल नगरी भागबण्डा गरिएपछि उनी असन्तुष्ट भएका हुन् । उनीसंगै १४ औं महाधिवेशनमा पराजित पिताम्बर जोशी भने ३ क मा प्रदेश सभा सदस्यका उम्मेदवार छन् ।

प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सिहले पुतली चुनाव चिन्ह पाएका छन् । काँग्रेसका स्वर्गिय सभापति एवम् प्रधानमन्त्री सुशिल कोइरालाको पार्टी सभापति हुँदा उनी प्राकृतिक स्रोत संरक्षण विभागका सदस्य भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...