स्थानीय निर्वाचनमा पार्टी सचिव भट्टको टिकट खोसिँदा खुसी मनाउने एमाले नेताहरु किन छन् अहिले असन्तुष्ट

महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको मेयरका उम्मेदवार कमला बोहरालाई जिताउन एमाले अध्यक्ष केपी शर्मा ओली बेलौरी आएका थिए । बेलौरीको खुला मञ्चमा गरिएको कार्यक्रममा एमालेका अधिकाँश उम्मेदवारले सहभागी भएर अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रमुख उप प्रमुखका आकाँक्षीको नामावली बालकोट पुगगाएर छलफल गरेपछि बेलौरीको मेयरमा बोहरालाई टिकट दिएको थियो । एमालेका प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष दामोदर भण्डारीको दबावमा बोहरालाई जबरजस्ती उम्मेदवार बनाएर चुनावी मैदानमा पठाइएको थियो । अध्यक्ष ओलीसम्म पहुँच भएकी बोहरा केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज छन् ।

janjyoti campus

एमाले जिल्ला कमिटीबाट टिकटका लागि सिफारिश नभएकी उनी उम्मेदवार भएर चुनावी मैदानमा आएपछि अध्यक्ष ओली बेलौरी आएका हुन् । एमाले जिल्ला कमिटीबाट टिकटका लागि जिल्ला कमिटी सचिव पल्लवराज भट्ट सहित तीन जना सिफारिश गरिएका थिए । उनीहरुसित सल्लाह नगरी प्रदेश कमिटीले बोहरालाई टिकट दिएको थियो । टिकट खोसिएका भट्ट अघिल्लो निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका थिए । अघिल्लो निर्वाचनमा हारेका कारण उनी चुनाव जित्ने आश एमाले जिल्ला कमिटीलाई थियो ।

मेयरमा फराकिलो मत अन्तरले हारेपछि त्यसको सबै दोष सचिव भट्टमाथि थुपार्न अध्यक्ष ओलीसम्म लबिङ्ग गरिएको थियो । एमाले आठौं जिल्ला अधिवेशनमा पराजित समूहका अधिकाँश नेता भट्टलाई पार्टीबाट कारवाहीका लागि सक्रिय भएर लागे ।

एमाले जिल्ला कमिटीले उपाध्यक्ष लक्ष्मी बुढाको संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन आएपछि मात्रै भट्टलाई लगाइएको आरोप मत्थर हुन गएको हो । सचिव भट्टले प्रदेश सभा सदस्यमा टिकट पाएपछि पनि केहीले स्थानीय तह निर्वाचनको हारसित उनको नाम जोडेर विवादमा ल्याउने प्रयास गरेका छन् । त्यसमा एमालेका केन्द्रीय प्रचार विभाग र भातृ संगठनका नेता देखिएका छन् ।

प्रदेश कमिटीले टिकट खोसेर पनि पार्टी र उम्मेदवार विरुद्ध असन्तुष्टि व्यक्त नगरेका उनी चुनावी प्रचारमा लागेका थिए । पार्टीले टिकट नदिए पनि आफू पार्टी नेता कार्यकर्ताका रुपमा खटिने उनको भनाई थियो ।

पुनर्वास नगरपालिकामा भने मेयरको टिकट नपाएपछि बीरबल विश्वकर्माले पार्टी छाडेका थिए । उनी अहिले नेकपा माओवादी केन्द्रमा छन् । जिल्ला कमिटीका पदाधिकारीको टिकट खोसेर जिल्लाबाट सिफारिश नभएकी बोहरालाई टिकट दिएपछि एमालेका निर्वाचन क्षेत्र नं. १ का एमाले नेता खुसी भएका थिए । उनीहरुको लक्ष्य जिल्ला सचिव भट्टलाई मेयरमा रोक्नु थियो ।

एमालेको आठौं जिल्ला अधिवेशनमा भट्ट सहितको समूहसित केन्द्रीय सदस्य बोहराले नेतृत्व गरेको बीर बहादुर थापा समूह पराजित भएको थियो । जिल्ला अधिवेशमा पराजित भएका कारण सचिव भट्ट सहित उनका समूहका अधिकाँश उम्मेदवार रोकिएका थिए ।

स्थानीय तह निर्वाचनको पाँच महिनापछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्तापछि एमालेमा यो समूहका नेता बढी असन्तुष्ट भएका छन् । निर्वाचन क्षेत्र नं. १ मा यो समूहका नेता पार्टी छाड्नेदेखि बागीसम्म भएका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामचन्द्र नेपाल सहित नेताहरुले पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरुले विज्ञप्ति प्रकाशित गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनीहरुमा नेपाल सहित एमाले जिल्ला कमिटी सदस्य पदम प्रशाद शर्मा, जिल्ला कमिटीका पूर्व सल्लाहकार श्यामलाल सुवेदी र शंकर बहादुर केसी छन् । उनीहरुमध्ये राजीनामा दिने नेपाल प्रदेश सभा सदस्य टिकटका दाबेदार हुन् ।

प्रतिनिधि सभा सदस्यमा टिकटका लागि सिफारिश गरिएका खेम सुवेदी टिकट नपाएपछि बागी उम्मेदवार भएका छन् । प्रतिनिधि सभा सदस्यमा सिफारिश बीर बहादुर थापालाई प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । उनी विरुद्ध पनि विरुद्ध स्वतन्त्र उम्मेदवार भएका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवारको नामावली बाहिर आएपछि थापाले पत्रकार सम्मेलन गर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यस पटक एमालेका प्रदेश इन्चार्ज भट्ट र अध्यक्ष भण्डारी थापालाई अन्तिमसम्म उम्मेदवार बनाउने लबिङ्गमा थिए । माओवादी छाडेर आएका उनी प्रदेश इन्चार्ज भट्टका विश्वासिलाका नेता हुन् । स्थानीय तह निर्वाचनमा पुनर्वासको मेयर लड्न उनले नमानेपछि पदम पुजारालाई चुनाव लडाइएको थियो ।

एमालेका प्रदेश इन्चार्ज भट्ट सहितले यस पटक थापालाई अन्तिमसम्म उम्मेदवार बनाउन आग्रह गरेका थिए । अध्यक्ष ओली ती सबै आग्रह अस्वीकार गरी प्रतिनिधि सभामा तारामा लामाङ्गलाई टिकट दिएका छन् ।

अहिले आठौं जिल्ला अधिवेशन फरक समूहमा भएका थापा र जिल्ला सचिव भट्ट दुबै प्रदेश सभा सदस्य उम्मेदवार बनाएका छन् । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष तामाङ्ग भने एकीकृत समाजवादी गएर गत भदौमा एमाले फर्किएका हुन् ।

प्रतिनिधि सभा सदस्य टिकट नपाएपछि सुवेदी माछो चुनाव चिन्ह लिएर चुनावी मैदानमा गएका छन् । जिल्ला सचिव भट्टलाई टिकट दिइएको प्रदेशमा सुवेदीलाई टिकट दिने अन्तिमसम्म छलफल गरिएको थियो । सत्ता गठबन्धनबाट दिवान सिह विष्ट चुनाव लड्न तयार भएपछि भट्टलाई टिकट दिइएको हो ।

प्रदेश सभा सदस्यमा टेक बहादुर साउँद, भक्त अधिकारी र स्थिर प्रसाद घिमिरे बागी उम्मेदवार भएका छन् । उनीहरुमध्ये घिमिरेले उम्मेदवारी फिर्ता लिएर चुनावी प्रचारमा लागेका छन् ।

एमाले जिल्ला इन्चार्ज निरुदेवी पाल र अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवारी फिर्ताको अघिल्लो दिन पुनर्वास पुगेर उम्मेदवारी फिर्ताका लागि आग्रह गरेका थिए । उनीहरुमध्ये घिमिरे बाहेक अन्यले उम्मेदवारी फिर्ता नलिएका हुन् ।

एमालेमा निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्तापछि असन्तुष्टि छताछुल्ल भए पनि एमाले केन्द्रीय सदस्य बोहरा, इन्दु कडरिया विष्टका धारणा बाहिर आएका छैनन् । बोहरा र विष्ट दुबै आठौं जिल्ला अधिवेशनमा थापा समूहलाई समर्थन थियो ।

ghar sansar
सम्बन्धित
Loading...