
सत्ता गठबन्धनलाई सहयोग गर्ने नगर्नेमा समाजवादी विभाजित, अध्यक्ष थापा भन्छन्– एमालेका बागीलाई सहयोग गर्छौ, सचिव धामी भन्छन्– तीनै क्षेत्रमा उम्मेदवारलाई साथ हुन्छ

महेन्द्रनगर । सत्ता गठबन्धनबाट अपमानजनक रुपमा बाहिरिएका सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका नेता मित्रवत प्रतिस्पर्धामा पनि विभाजित भएका छन् । चुनावमा सत्ता गठबन्धलाई सहयोग गर्ने नगर्ने विषयमा समाजवादीका जिल्ल्ला पदाधिकारी विभाजित भएका छन् ।
नेकपा समाजवादीका अध्यक्ष जीवनराज थापाले निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्ने सार्वजनिक गरि सकेका छन् । अध्यक्ष थापाले आइतबार केही सञ्चार माध्यमलाई सहयोग नगर्ने आशयका समाचार बाहिर आएका छन् । उनले गठबन्धनलाई सहयोग गरी एमालेका बागी खेम सुवेदीलाई सहयोग गर्ने धारणा बाहिर सार्वजनिक गरेका छन् ।

समाजवादीका जिल्ला सचिव हरक सिह धामीले भने सबै निर्वाचन क्षेत्रमा उम्मेदवारलाई सहयोग गर्ने बताए । ‘हाम्रो उम्मेदवार भएका ठाउँमा मित्रवत प्रतिस्पर्धा हुन्छ, अन्य क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छौ’ उनले भने ।
समाजवादीको कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क को निर्वाचन परिचालन मूल कमिटीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले १ बिना मगर, २ एनपी साउद र ३ मा रमेश लेखकलाई सहयोग गरिने बताए ।
उनले कार्तिक ६ कार्तिक धनगढीमा गठबन्धन दलको बस्ने बैठकबाट को उम्मेदवार व्याक हुने विषयमा यकिन हुने उल्लेख गर्दै अहिलेसम्म मित्रवत हिसाबले चुनावमा होमिने सहमति भएको बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सहयोग नगर्ने सार्वजनिक भई सकेको विषयामा जिज्ञासा राखे पनि सचिव धामीले त्यसको जवाफ दिएनन् ।
‘गठबन्धन अहिलेको आवश्यकता हो, ‘उनले भने, ‘सचिव धामीले भने, ‘प्रतिगमन र संविधान मास्ने बिरुद्धमा हामीले गठबन्धन गरेका हौँ ।’ केही अवसरवादी पार्टीमा आए गए उनीहरुबाट न यता न उता पार्टी सचालन हुने सचिव धामीको भनाई छ ।
