ghar sansar

मझगाउँ विमानस्थलका संरचना निर्माण अवरोधमा को दोषी ? लोसपाका नेता तिवारी भन्छन्– सरकार दोषी छ, प्रधानमन्त्री आफैं रक्षामन्त्री भएर के हेरेर बसेका छन्

khasi

महेन्द्रनगर । लोकतान्त्रिक समाजवादीका प्रदेश सभा सदस्य उम्मेदवार अम्बादत्त तिवारीले सत्ता गठबन्धन सरकारका कारण मझगाउँ विमानस्थल सञ्चालन पुनः निर्माण कार्य रोकिएको बताएका छन् ।

उनले रक्षा मन्त्रालयको पनि जिम्मेवारी समेत सम्हालेर बसेका प्रधानमन्त्री देउवा पनि विमानस्थल सञ्चालन कार्य रोकिनुमा गम्भीर नभएको उल्लेख गरे ।

Anant bahu travels

‘मझगाउँ एयरपोर्टको विवादको जड वर्तमान सरकार हो । रक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त प्रधानमन्त्री के हेरेर बसेका थिए, वर्तमान उम्मेदवार लेखक पनि शिलान्यासमा सहभागी भएका थिए, किन रोकियो काम’ उनले फेसबुकमा भनेका छन्,‘चटकले रत्नपार्कमा झुठो आश्वासन दिनेहरुबाट बचौ, बाँकी जनता जनार्दनको इच्छा ।’

dirghayi clinic

उनी लोसपाबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । तीन दशकदेखि बन्द विमानस्थल सञ्चालनका लागि अघिल्लो सरकारले कार्य अघि बढाएको थियो ।

एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले २०७४ मा चुनाव जितेपछि प्रदेश र स्थानीय सरकारसित समन्वय गरी साझेदारीमा विमानस्थल सञ्चानलन कार्य अघि बढेको थियो । यसमा संघ सरकारको ५०, प्रदेश सकार २५, भीमदत्त नगरपालिका १५ र दोधारा चाँदनी नगरपालिका १० प्रतिशत साभेदारी गरेका छन् । भीमदत्त नगरपालिकाका तत्कालिन मेयर सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि सडक कालोपत्रे र तारबार गराएका थिए ।

नागरिक उड्डयन प्राधिकरणले संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ४५ करोडको ठेक्का गरी निर्माण अघि बढेको निर्माण कार्य अहिले रोकिएको छ । गत वर्ष धावन मार्ग सहितका संरचना निर्माणका लागि ठेक्का भएर निर्माण सुरु गरिएको थियो ।

नेपाली सेनाले धावन मार्ग विस्तारका लागि प्रयोग हुने रत्न वाटिका क्षेत्रमा तारबार गरेपछि निर्माण कार्य रोकिएको छ । सेनाले रतन वाटिकाको जग्गाको आफूसित पूर्जा भएको बताउँदै विमानस्थललाई दिन अनिच्छा देखाएको छ ।

Himal dental
सम्बन्धित
Loading...