दोधारा चाँदनीको दुई नम्बर वडामा बृहत सरसफाई अभियान सञ्चालन तयारी

दोधारा । दोधारा चाँदनी नगरपालिका २ वडा कार्यालयले वडामा वृहत सरसफाई कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको छ । वडा अध्यक्ष पदम रावलले सूचना प्रकाशित गरी वडाका सबै सडक सरसफाई गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।

सडक किनारका तथा फोहरले सवारी साधन सञ्चालनमा जोखिम रहदै आएको बताउँदै बृहत सरसफाई अभियान थाल्ने उनले बताएका छन् । सो कार्यक्रमा संघ–संस्था, वडाबासी तथा सरोकारवालाको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

deepak

वडा अध्यक्ष रावलले वडाका सबै सडक साप्ताहिक रुपमा सरसफाई गरी वडालाई स्वच्छ बनाउन सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

‘वडामा रहेका झाडीलाई कटान गरी सडकलाई सफा, सुग्घर एवम् व्यवस्थित बनाउनु आउँदो ५ गते बिहान ८ बजे थापा चौराह देखि मायापुरी जाने सडकमा सरसफाई अभियानमा सहभागी हुने सबैमा अनुरोध छ ।’

दोधारा चा“दनी नगरपालिका वडा नं. २ वडा कार्यालयको सुचनामा भनिएको छ् । वडामा रहेका सडकहरको सरसफाई अभियान संचालन गर्ने भए संगै वडाबासीहरुले वडाध्यक्षको सकारात्मक कार्यको प्रशंसा गरेका छन् ।

सम्बन्धित
Loading...