Sarsoti

मन्त्र हस्पिटलका हेल्परले पाएन तलब, निर्देशक भन्छन्– चेक काटिएको छ, लगे हुन्छ

lotus institute

महेन्द्रनगर । महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका कर्मचारी कर्मचारी रमेश भुुलले आफूलाई तलब तलब दिन आकाकानी गरिएको गुनासो गरेका छन् । हस्पिटलका टेक्निसियन हेल्पर भुलले एक महिनाको तलब नपाएका हुन् । उनी तलब नपाएपछि मजदृुर संगठनसम्म पुगेका छन् ।

मासिक १५ हजार तलब दिने गरी राखिए पनि काम छाडेपछि १० हजार दिन लागिएपछि आफूले नलिएको उनले बताए । ‘मलाई राख्दा १५ हजार दिने भनेर राखिएको थियो, तलब माग्दा १० हजार भनियो, त्यसपछि ६ हजारसम्म भनियो’ उनले भने,‘पछि मजदुर संगठन गएपछि १२ हजार दिन्छौ भनियो, मैले काम लगाउँदाको सहमति अनुसारको तलब नदिएकाले त्यो लिएका छैन ।’

morning glory

बेदकोट नगरपालिका ४ का भुलले भदौ २० गते अस्पताल छाडेका थिए । अस्पताल छाडेपछि जिल्ला बाहिर गएपछि धर्मपत्निलाई तलब लिन पठाएका थिए ।

Mahendranagar

‘म बाहिर गएपछि घरमा समस्या परेर श्रीमतिलाई पठाए, काम लगाउँदा दिन्छौ भनेको नदिएर १० हजार भन्न थाले, त्यसपछि लिएन’ उनले भने,‘मैले कुरा गर्दा जे गर्छस गर म तलब दिँदैनसम्म, हात काटि दिन्छुसम्म भने ।’

अस्पतालले तलब नदिएको विषयमा फेसबुकमा लेखेपछि प्रहरीसम्म लगेर आफूलाई फोन गर्न लगाएको उनले बताए । हस्पिटलका मेडिकल निर्देशक डा. गोविन्द रोकायाले अस्पतालमा डयुटीको आधारमा तलब दिने गरिएकाले भुललाई १५ हजार तलबमा नराखिएको बताए ।

‘वहाँले १० देखि ५ बजेसम्म काम गर्ने हो, त्यसरी हेर्दा ८ घण्टा हुन्छ, ८ घण्टाको १५ हजार दिएका छैनौ, १२ घण्टा गर्नेलाई १५ हजार दिन्छौ, ८ घण्टाको १० हजार हो’ उनले भने,‘तलब नदिने भनेको होइन्, चेक तयार छ, आएर लगे हुन्छ ।’

मजदुर संगठनसित छलफल गरेपछि १२ हजारको चेक काटिएको बताए । ‘चेक काटि सकेको छ, वहाँ नआएर कोही अर्काे मान्छे आएर चेक हुन्छ’ उनले भने ।

saark school
सम्बन्धित
Loading...