ghar sansar

प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकलाई प्रदेश क का दुबै उम्मेदवार नबोक्न समाजवादीको दबाव

khasi

महेन्द्रनगर । सत्ता साभेदार नेकपा एकीकृत समाजवादीले कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकलाई प्रदेश सभा सदस्यका उम्मेदवारलाई चुनावी प्रचारमा सहभागी नगराउन दबाव दिएको छ ।

कञ्चनपुर ३ क मा समाजवादी र माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार भएपछि समाजवादीले प्रतिनिधि सभा सदस्यका उम्मेदवारलाई दुबैलाई नबोक्न दबाव दिएको हो ।

Anant bahu travels

सत्ता गठबन्धनमा समाजवादीलाई दिने गरी छलफल गरिएको प्रदेश सभा ३ क मा अन्तिममा समा्जवादीलाई गठबन्धनबाट बाहिर राखेर माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट उम्मेदवार भएका छन् । काँग्रेस माओवादीबाट भट्ट उम्मेदवार भएपछि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समाजवादीका केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज प्रकाश रावल पनि चुनावी मैदानमा होमिएका छन् ।

dirghayi clinic

प्रदेश सभामा सत्ता गठबन्धनका दुई उम्मेदवार भएपछि प्रतिनिधि सभा सदस्य रमेश लेखकले तीन पटक मन्त्री रावललाई भेटेका छन् । उनीसित भेटमा मन्त्री रावलले औपचारिक रुपमा आफू र भट्ट दुबैलाई प्रचारमा सहभागी नगराउन आग्रह गरेका छन् ।

‘अझै पनि गठबन्धनमा ३ क र २ ख मा आधिकारिकता टुङ्गिएको छैन, त्यस कारण खुला ठाउँमा दुबैलाई नबोक्न भनि सकेका छौ’ मन्त्री रावलले भने,‘हाम्रो आग्रह अनुसार वहाँ जानु हुन्छ भन्नेमा आशावादी छौ ।’

समाजवादीका जिल्ला सचिव हरक सिह धामीले कार्तिक ६ गते धनगढीमा हुने सर्वदलीय बैठकबाट उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने बताए । ‘अहिलेसम्म प्रदेश सभामा कोही आधिकारिक उम्मेदवार होइन’ उनले भने,‘कार्तिक ६ गते मात्रै अन्तिम टुङ्गो लाग्छ ।’

समाजवादीबाट कञ्चनपुर ३ क मा मन्त्री रावल र निर्वाचन क्षेत्र २ ख मा पूर्व मन्त्री लाल बहादुर खड्का उम्मेदवार भएका छन् । यी बाहेक अन्य सात क्षेत्रमा समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धा बाहिर छन् ।

Himal dental
सम्बन्धित
Loading...