ghar sansar

कृष्णपुरमा कानुन मिच्दै जनप्रतिनिधि आफैंले लिए कोटेशन, २० लाखलाई पारियो तीन टुक्रा

dirghayu ad

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिले सार्वजनिक खरिद ऐन मिचेर छाडा पशु चौपायाका लागि पूर्वाधार बनाउन नगरपालिका कार्यालयबाट आफैले ं कोटेशन लिएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा छाडा पशु चौपाया व्यवस्थापनका लागि पूर्वाधार बनाउन विनियोजन गरेको २० लाख बजेट टुक्रा गरी वडा अध्यक्ष आफैंले कोटेशन लगेका हुन् ।

कृष्णपुर नगरपालिका वडा नं. ४ र ५ का वडा अध्यक्षले वडा समितिबाट निर्णय गराएर नगरपालिकाबाट कोटेशन लगेका छन् । खरिद ऐन अनुसार १० लाखसम्म कोटेशन लिन पाउने सुविधाको प्रयोग गरी उनीहरु रकमलाई टुक्रा पारेर लगेका छन् । सार्वजनिक खरिद ऐनमा विनियोजित डल्लो रकमलाई टुक्रा गरी कोटेशन दिन नहुने प्रावधान छ ।

ratnam malkhad

कृष्णपुरका मेयर हेमराज ओझाले केही दिन अघि नगरपालिका कार्यालयमा गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्षले नै पूर्वाधार बनाउन कोटेशन लगेको जानकारी गराएका थिए ।

‘म निर्वाचित भएर आएपछि २० लाखको ठेक्का गर्न पर्ने थियो, बाध्यकारी अवस्था आयो, वडा अध्यक्षले पनि निर्णय लिएर आए, त्यसलाई रकमलाई तीनमा ब्रेक गरी रेखदेख र पूर्वाधार बनाउन दिएका छौ’ उनले भने,‘यो अलि बाध्यकारी नै अवस्था आयो ।’

अघिल्लो कार्यकालमा शुक्लाफाँटा नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी आफैं ठेक्कापट्टामा सहभागी हुने गरेका थिए । शुक्लाफाँटामा नयाँ मेयर आएपछि उनले जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयको ठेक्कापट्टा गर्न रोकि दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...