लेखकको वडाबाट सत्ता गठबन्धनको चुनावी घरदैलो

Mishra

महेन्द्रनगर । सत्ता गठबन्धनका उम्मेदवारले बेदकोट नगरपालिका ८ बाट चुनावी घरदैलो सुरु गरेका छन् । गैलनदीदेखि सुरु घरदैलोमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक, प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट, समानुपातिक उम्मेदवार माया नेगी, मधु भारती सहित नेता कार्यकर्ता सहभागी भएका छन् ।

बेदकोट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकको वडा हो । बेदकोट ८ सहित भीमदत्तका १९ र दोधारा चाँदनीका १० वडा गरी  ३० वडा निर्वाचन क्षेत्र नं. ३ मा छन् । घरदैलोमा उनीहरुले स्थानीयसंग प्रत्यक्ष भेटघाट गरेर चुनावमा सहयोगका लागि अपिल गरिहेका छन ।

deepaj
सम्बन्धित
Loading...