ghar sansar

३ कक्षाकी बज्यै विद्यार्थी

khasi

रनि विवश

महेन्द्रनगर । लालझाडी गाउपालिका ४ पर्सियाकी डल्लीदेबी चौधरी २०७९ को स्थानीय तह निर्वाचन अघि बिद्यालय गएर पढ्न चाहन्थिन् । ५२ बर्षिया चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य निर्वाचित भइ सकेकी थिइन् ।

पहिलो पटक चुनाव लडेर वडा सदस्य भएपछि उनलाई पढाई लेखाईको महत्व महसुस भएको थियो ।

सबैले फरर लेख्दा उनी बल्लतल्ल नाम लेख्थिन् । अरुलाई लेखेको देखेर उनी आफैलाई सराप्ने गर्थिन । मनमनै आफू पनि अरुजस्तै लेख्ने मान्छे हुने सोचेर मन बुझाउँथिन् ।

सोच्दासोच्दै पहिलो कार्यकाल सकियो । २०७९ को अर्को निर्वाचन पनि आउन लाग्यो । उनी फेरि चुनाव लड्न मैदान गइन । चुनाव जितेर फेरि वडा सदस्य भइन् ।

मनभित्रको विद्यालय जाने सोच यस पटक जसरी पनि पूरा गर्ने अठोट बनाईन् । गत बर्ष पर्सियास्थित स्वतन्त्र माध्यमिक बिद्यालयमा कक्षा १ मा भर्ना भइन् । अहिले उनी कक्षा ३ मा बढोत्तरी भएकी छन् ।

१ कक्षामा मिहिनेत गरी पढेकाले ३ कक्षामा राखेको उनले बताइन् । ‘सबैले लेख्दा पढ्दा मलाई आउँदैन थियो, त्यसपछि केही त केही सिक्नलाई बिद्यालय भर्ना भए’ उनले भनिन् ।

मुक्त कमैया परिवारमा जन्मिएकी उनी घरको कमजोर अवस्थाले बिद्यालय पढ्न पाइनन । सानैमा बिहे गरेपछि उनी पारिवारिक जिम्मेवारी सम्हाल्न पुगेकी थिइन् ।

दुई सन्तानकी आमा उनी राजनितिमा आएपछि बिद्यालय पुगेकी छ्न । जेठा छोरा र कान्छी छोरी दुबैको बिहे भइ सकेको छ । छोरा छोरी दुबैका नाति नातिना उनले देखि सकेकी छन् ।

माओवादी सशस्त्र द्वन्द्वदेखि माओवादीमा संलग्न चौधरीका श्रीमान पल्टु मिस्त्री छन् । माओवादी भएका कारण चौधरी परिवार द्वन्द कालमा तत्कालीन राज्य सत्ताको निशानामा परेको थियो ।

विद्यालयमा बैठक बसि रहेका बेला चौधरी १ कक्षा भर्नाका लागि पुगेकी थिइन् । त्यहाँ उनले आफूले पढ्नलाई भर्न हुने कुरा सुनाईन् । ‘त्यहा मिटिङ्ग भएको बेला गएको थिए, केही त केही सिक्न सकिन्छ भनेर गएकी थिए, उनले भनिन, ‘मैले मेरो कुरा भने, सरले ठिक छ, धेरै खुशीको खबर छ, तपाई पढ्न आए, हामी त पढाउन तयार छौ ।’

भर्ना भएपछि उनी बिद्यालय गएर १ कक्षामा बाल बालिकासंगै पढ्न थालिन् । बाल बालिका उनलाई बज्यै भन्दै सिकाई देउ बज्यै भन्न थाले ।

dirghayi clinic

‘१ कक्षामा बसे, मलाई बज्यै सिकाई देउ भनेर भन्न थाले, मैले उनीहरुलाई तिमीहरु मलाई सिकाई दिनु भनेर भन्थे’ उनले सुनाइन् ।

बिद्यालय नगएको दिन बालबालिका आज किन नआएको भनेर सोधीखोजी गरेको उनी सम्झिन्छन् ।

कक्षा १ भर्ना भएपछि चौधरीले ए, बी, सी, डी सिकिन । बिद्यालय र आफ्नो नाम अंग्रेजीमा लेख्न सिकिन् । त्यस अघि उनलाई नेपालीमा नाम लेख्न अफ्ठेरो लाग्थ्यो ।

लेखाई र पढाई दुबै राम्रो भएपछि कक्षा बढाएर उनलाई ३ मा राखिएको हो ।

बिद्यालय भर्ना भएको जानकारी बाहिर ल्याउने चाहना उनको थिएन । बुढ्यौलीमा पढेको कुरा अरुलाई थाह दिन लाज लाग्ने गरेको थियो उनलाई । सामाजिक संजालबाट सार्वजनिक भएपछि चौधरी भाइरल हुन पुगिन् ।

बिद्यालय जान थालेपछि चौधरीको दैनिकी फेरियो । घरमा पनि साझ बिहान छोरा छोरीसित पढाई माग्न थालिन् ।

अहिले चौधरी डल्ली म्याडम भनेर परिचित बनेकी छ्न । बिद्यालय भित्र मात्रै नभएर उनी गाउ बस्तीमा पनि म्याडम भन्ने गरिन्छ । स्कुल नपढ्दा जीवनमा नोक्सान हुने उनले अहिले बुझेकी छन् । भन्छिन, ‘पढ्ने किन भने नपढेकालाई घाटा हुन्छ भने थाहा भयो ।’

उनी माथिल्लो कक्षासम्म पढ्ने बताउँछिन । पढ्ने धोका पूरा हुने आशमा उनी पढाईलाई निरन्तरता दिने सोचमा छिन् ।
माओवादी सशस्त्र द्वन्द्व कालमा उनी २०५८ मा तत्कालिन शाही सेनाको हातबाट बाहिर निस्कन सकेर बचेकी हुन् ।

उनीसँगै पक्राउ गरेका माओवादीका पाच कार्यकर्तालाई गोली हानेर मारिएको थियो । सैनिक घेरा तोडेर निस्केका दुई जना दोदा नदीमा पौडी खेलेर भागेका थिए ।

विवाहको गाडीमा सादा पोशाक लगाएर घर पुगेका सैनिकले चौधरीको घरबाट उनी सहित माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

चौधरीको घर माओवादी कार्यकर्ताको सेल्टर थियो। चौधरीलाई घर नजिक खेतमा लगेर निर्घात कुटपिट गरिएको थियो ।

‘मलाई आर्मीले कुटि रहदा छोरा स्कुलबाट आयो, त्यो सानै थियो, मलाई त सुट गर्न पर्छ भनेर खेतमा लगिएको थियो, चार जनालाई खरो नाला लगियो, एक जनालाई समातियो, तिनको मानसिक अवस्था ठिक थिएन’ उनले भनिन, ‘बच्चा आएपछि उलाई देखेर के भयो, मलाई छाडि दियो ।’

सेनाले छाडेपछि ६ महिनासम्म निन्द्रा लाग्न नसकेको र घर छाडेर अरुको घर आश्रय लिएको चौधरीले बताइन् ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आए पछि चौधरी परिवारले शान्तिले जिउन पाएका हुन । माओवादी द्वन्द्व कालमा राज्यबाट पीडित चौधरीब २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीबाटै वडा सदस्य उम्मेदवार बनेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...