ghar sansar

सेनाको गोलीले बचेका बचन, जो प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन्

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क बाट एमालेका युवा नेता बचन बहादुर सिह चुनावी मैदानमा छन् । एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य उनी निर्वाचन प्रचारका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार नर बहादुर धामीसंगै चुनावी भेटघाटमा व्यस्त छन् ।

२०६२÷०६३ को जनआन्दोलनका क्रममा सेनाको गोली लागेर ६ महिना उपचारका क्रममा ओछ्यानमा धन्किएका सिंह लामो समयदेखि नेकपा एमालेका सक्रिय राजनीतिमा अनवरत रुपमा लागेका छन् । पछिल्लो समय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष भएपछि उनी एमालेमा बलिया नेताका स्थापित हुन पुगेका हुन् ।

ratnam malkhad

एमालेबाट विद्यार्थीबाट आएका उनी युवा हुँदै पार्टी राजनीतिमा पुगेका छन् । जन आन्दोलनमा गोली लागेर ६ महिना उपचारपछि पार्टीको शसक्त जिम्मेवारी सहित उनी पार्टीमा फर्किएका थिए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को पीडा, समस्या र विकास निर्माणका समस्या समाधानका लागि उम्मेदवार भएका उनी मतदाताको साथ पाउनेमा ढुक्क छन । ‘चुनावको बेला धेरै आश्वासन दिनु छैन, उनले भने–“ मत दिएर काम गर्ने मौहाल दिनुहोस, समीक्षा त्यसपछि गरौला ।’

जनताको जनजीवनमा फरकपनको आभाष दिने, दैनिक भोगिरहेका समस्याबाट मुक्त गराउन पहल गर्ने, समृद्ध नेपाल सुखी नेपालीको अभियानमा कञ्चनपुरलाई अब्बल बनाउने उनको दृढ संकल्प छ ।

एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका नेता सिंहले जनताको समस्यासँग जोडिएको मुद्दाहरु सुकुम्बासी, मुक्तकमैयाको अव्यवस्थित बसोबासी, आवास बिहीनका लागि आवास, आरक्ष पीडितको व्यवस्थापन र नदी कटान नियन्त्रण, तटबन्धन निर्माणलाई प्रमुख एजेण्डा बनाएर अघि बढेका छन् ।” निर्वाचनका बेला भुगोल, भेग र जातीय लगायतका नारा दिएर साघुरो घेरामा बस्दा यो भूमिको विकासमा असर गर्छ ।” उनले भने–“ हाम्रा भन्दा राम्रालाई मत दिऔं, विकास हुन्छ ।”

युवा बेरोजगारलाई स्वदेशमै रोजगार सिर्जना गर्न पर्यटन र व्यवसायिक कृषिमा जोड दिने, व्यवसायिक खेती गराउने, प्रदेशस्तरीय उद्योग खोल्न पहल गर्ने उनको योजना छ । खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण पनि उनको प्राथमिकतामा छ । “दर्जनौं सुकुम्बासी, बाढी पीडित र मुक्त हलिया रहेको शिविरमा यहाँ अहिलेसम्म पीडादायी जीवन मतदाताले गुजारिरहेको पाए ।” उनले भने–“ पीडित बस्तीलाई आश्वासनमै सिमित राखेर घर पुग्ने कच्ची सडक समेत उनीहरुले पाएका छैनन् ।”

२०५० साल देखि देखि पार्टीको विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय सिंहले आफूसित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको सम्वन्धलाई आफ्नो निर्वाचन क्षेत्रसित जोडर विकास गर्ने बताए । “यहाँ मुक्त कमैयादेखि सुकुम्बासी बस्तीलाई लक्षित गरेर साना तथा मझौला कृषि उद्योग सञ्चालन गरेर गाउँमै रोजगारी दिन सकन्छि ।”

सिंहले भने–“ अहिले यहाँका विपन्न वर्ग रु ५ सय ज्यालाका लागि महेन्द्रनगर, धनगढी पुगेर पेट पाल्नुपर्ने बाध्यताबारे म जानकारी छु ।” विगतका आन्दोलनमा पटक÷पटक जेल जीवन समेत बिताएका सिंहले निर्वाचन क्षेत्रका सम्पदा संरक्षण, कला संस्कृतिको जर्गेना, स्थानीय उत्पादनलाई प्रोत्साहन लगायतका विषयमा आफू काम गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...