पुनर्वासमा बजार अनुगमन, म्याद नाघेका समान नियन्त्रणमा लिएर नष्ट

Amity

धनबहादुर बिक
पुनर्वास । पुनर्वास नगरपालिकाले शनिबार बृहत बजार अनुगमन गरेको छ । चाडपर्वलाई मध्यनजर गरी गरिएको बजार अनुगमनका क्रममा अधिकांँश किराना पसलमा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ भेटिएका छन् ।

शनिबार पुनर्वास नगरपालिका ३ स्थित आई वी आर डी बजारमा गरिएको ४५ पसलमध्ये करिब एक दर्जन किराना पसलमा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ फेला परेको हो । पुनर्वास नगरपालिका उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक भुलिया कुमारी रानाको अगुवाइमा परिचालित अनुगमन टोलीले शनिवार अपरान्ह ११ बजेदेखि कालिका बजार स्थित स्मृति किराना तथा मदिरा पसलमा ९५ प्रतिशत म्याद नाघेका सामान फेला पारी नियन्त्रणमा लिएको हो । 

janjyoti campus

नियन्त्रणमा लिएका सामान मा बिस्कुन, नमकिन , ग्लुकोज , जुस पदार्थ , भुजा , मदिरा लगायतका सामान भेटिएका छन । त्यसैगरी , आई वी आर डी बजारकै अर्को सहकारी पसल जनसेवा ट्रेड सप्लायर्स मा पनि म्याद नाघेका बिस्कुट नमकिन , महँ , चाउचाउ , दूध पाउडर , मसाला हरू लगायतका सामान अनुगमन समितिले फेला पारि नियन्त्रणमा लिएको छ ।

केसी जनरल स्टोर , नवीन किराना पसल , रिदिशा किराना पसल , पोख्रेल किराना पसल त्यसतै शनिबार सञ्चालन हुने साप्ताहिक हाटबजारमा बिक्री गरिने खुलामाछा मासु पसल , लगायतका पसलहरूमा अनुगमन गरेको छ । बजार अनुगमन गर्दै गर्दा कृहि पसले हरूले धमाधम पसल नै बन्द गरेका थिए ।

अनुगमनका क्रममा टोलिले म्याद नाघेका सामान हरू नष्ट गरिनुपर्ने सुझाव समेत दिएको छ भने बजारमा केही व्यापारीले दर्ता गरेर व्यवसाय सञ्चालन गरेको मा यथासिघ्र नगरपालिका मा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न सुझाव दिएको थियो ।

नुगमन टोलिमा नगरपालिका उप प्रमुख भुलिया कुमारी राना , प्रसासकिय अधिकृत शंकर बहादुर बोगटी , प्रशासन अधिकृत गणेश राज जोशी , सह लेखापाल रामकृष्ण बिक , ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्ति प्रमुख डम्बर सिंह खड्का , ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति प्रहरी निरिक्षक नरेशराज मल्ल , पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष कृष्णबहादुर तामाङ , कालिका बजार व्यवस्थापन समिति अध्यक्ष अरूण थापा , कृषि सेवा केन्द्र प्रमुख कर्ण बहादुर शाही , पशु सेवा प्रमुख अनिता केसी , स्वास्थ्यकर्मी सिता भाट , महिला बालबालिका शाखा प्रमुख रिता मल्ल पत्रकार लगायतको सहभागिता रहेको थियो ।

नियन्त्रण गरियका तथा म्याद नाघेका सामाग्री हरूनगरपालिका जनप्रतिनिधि , कर्मचारी , प्रहरी प्रशासन , बजार समिति तथा पत्रकारको रोहवरमा नष्ट गरिएको छ ।

मानव स्वास्थ्य संग प्रत्यक्ष सम्बन्ध रहने खाद्यान्न तथा पेय पदार्थ जस्ता दैनिक उपभोग्य बस्तुहरूमा देखिदै आएको व्यापारीक लापरबाहीले भबिस्यमा ठुलो संकट उत्पन्न हुने भएको बिषयलाई मध्येनजर गरि बजार अनुगमन लाई निरन्तरता दिँदै जाने नगर उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समित संयोजक भुलिया कुमारी रानाले बताइन् ।

ghar sansar
सम्बन्धित
Loading...