महेन्द्रनगर । बेलडाँडी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा सुुरु भएको छ । गाउँपािलका अध्यक्ष हरिशचन्द्र रानाले सेवा उद्घाटन गरेका छन् ।
कार्यक्रममा बेलडाँडी गाँउपालिका अध्यक्ष राना सहित उप प्रमुख शान्ति नाथ, प्रवक्ता गज बहादुर विष्ट लगायतका सहभागी भएका छन् ।
गाउँपालिका अध्यक्ष रानाले सेवा सञ्चालनमा आएपछि बेलडाँडीका कुनै पनि वासिन्दाले सर्पको टोकाईलमा ज्यान गुमाउनु पर्ने बाध्यता हटेको बताए ।
सर्प तथा बिच्छी लगायतले टोकेमा तत्काल उपचारका लागि डा. रवि रोकाया सहितको टोलीले चौबीसै घण्टा सेवा प्रदान गर्ने बताइएको छ ।