ghar sansar

मझगाउँबाट जुवा खेलाउने घरका मालिक सहित ७ जुवाडे पक्राउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ मझगाउँमा ७ सात जना जुवाडे पक्राउ परेका छन् । मझगाउँस्थित धन बहादुर कठायतको घरमा जुवा खेलि रहेको अवस्थामा घर मालिक कठायत सहितलाई पक्राउ गरिएको छ ।

daimond public

पक्राउ गरिएका सबैलाई प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जुवा खेलि रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताए ।

lotus institite

‘६÷७ जना पक्राउ गरिएको छ, हिरासतमा राखेका छौ’ उनले भने,‘तिहार विदा सकिएपछि उनीहरुमाथि थप कानुनी प्रक्रिया अघि बढ्छ ।’

यस अघि भीनपा १९ बागफाँटामा १९ जुवाडे पक्राउ गरिएको थियो । उनीहरु सबैलाई छाडिएको छ ।

Himal dental
सम्बन्धित
Loading...