ghar sansar

निर्मला पन्तको घरमा काँग्रेसका बागी सिहको निर्वाचन सम्पर्क कार्यालय, भने– अहिलेसम्म न्याय पाएको छैन, अब कहिले पाउने ?

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिहले भीमदत्त नगरपालिका २ मा सम्पर्क कार्यालय खोलेका छन् । सरस्वती माध्यमिक विद्यालय नजिक दुर्गादेवी पन्तको घरमा कार्यालय खोलेका छन् ।
पन्त चार वर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मल पन्तकी आमा हुन् । पन्तका हत्यारालाई अहिलेसम्म कानुनी दायरामा आउन सकेका छैन ।

पुतली चुनावी चिन्ह लिएर चुनावी मैदानमा होमिएका सिहले चार वर्षपछि पन्तले न्याय नपाएकोमा चिन्ता व्यक्त गरे ।
‘चार वर्ष भइ सक्यो, अहिलेसम्म न्याय पाएको छैन’ सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले भने,‘अब कहिले हो न्याय पाउने ?’

,orning glory badhai

२०७५ मा साउनमा भीमदत्त नगरपालिका १८ मा पन्तको शव भेटिएको थियो । पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगर केही दिनसम्म आन्दोलन चर्किएको थियो ।

काँग्रेसका महाधिवेशन प्रतिनिधि सिहले पन्तका हत्यारालाई कारवाही गर्न यस अघि पटक पटक माग गर्दै आएका छन् । उनले न्यायका लागि ठूलो आन्दोलनको आवश्यकता देखिएको र आफूले साथ समर्थन दिने बताए ।

dirghayi clinic

पन्तको न्यायका लागि काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध देशव्यापी आन्दोलन गरेको थियो । काँग्रेसले अपराधीलाई सरकारले लुकाएको आरोप लगाएको थियो । अहिले काँग्रेस नेतृत्वमा सरकार बनेपछि पन्तका हत्यारा पत्ता लगाउन सरकार वेवास्ता गरिएको छ ।

स्वतन्त्र उम्मेदवार सिहले अहिले काँग्रेस र माओवादी सरकारले पन्तको न्यायका लागि आवाज समेत उठाउन नसकेकाले सबैले सोच्नु पर्ने बेला आएको बताए । उनले पन्तकी आमा दुर्गादेवीसित भेटघाट समेत गरेका छन् ।

कञ्चनपुर ३ क प्रदेश सभा सदस्यका लागि सिफारिश सिह छलफल नगरी भागबण्डा गरिएपछि प्रतिनिधि सभा सदस्यमा बागी बनेका छन् । काँग्रेसमा २०४९ देखि सक्रिय उनी १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

स्वतन्त्र उम्मेदवार सिहले भीमदत्त नगरपालिका ६ मा पनि सम्पर्क कार्यालय खोलेका छन् । यस अघि भीमदत्त नगरपालिका ४ स्थित जानकी टोलमा निर्वाचन परिचालनका लागि कार्यालय खोलिएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...